भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँ - भारतीय राजदूतावास काठमाडौँले आइतबार ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई उक्त साधनहरु प्रदान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्कुल बस उपलब्ध गराउने अशोक लेल्यान्ड कम्पनीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिक लगायत विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो ।

समारोहमा बोल्दै राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए ।

सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।

सम्बन्धित समाचारहरू

व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए ? यो नम्बरमा फोन गर्नुहाेस्

व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए ? यो नम्बरमा फोन गर्नुहाेस्

काठमाडौं । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल...

बिना दर्ता सञ्चालनमा रहेका टिकट काउन्टर हटाउँदै महानगर

बिना दर्ता सञ्चालनमा रहेका टिकट काउन्टर हटाउँदै महानगर

काठमाडौँ – काठमाडाैँ महानगरपालिकाले दर्ता नगरीकनै सञ्चालन गरेका टिकट...

सार्वजनिक यातायातको भाडा घट्यो कहाँ जान कति शुल्क ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडा घट्यो कहाँ जान कति शुल्क ? (सूचीसहित)

काठमाडौँ – पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...