नाडा अटो शो २०२६ मा प्रिमियम तथा इन्टेलिजेन्ट अवतार ०७ सार्वजनिक, सुरुवाती मूल्य २ करोड २० लाख
काठमाडौं – सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन...
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीने यसअघि बजारमा ल्याउने बताउँदै आएको सेनिक भीजन कन्सेप्टलाई सो मोटर सोमा सार्वजनिक गर्न लागेको हो ।
रेनोको सो नयाँ एसयुभी हाल उपलब्ध रहँदै आएको मेगन ई–टेक इलेक्ट्रिक क्रसओभर भन्दा ठूलो र फराकिलो हुने जनाइएको छ । सो एसयूभी ४४९० एमएम लामो, १५०० एमएम चौडार १५९० एमएम अग्लो हुनेछ । हाल यसको ९० प्रतिशत भन्दा वढी एक्सटेरियर डिजाइन तयार भइसकेको छ ।
सेनिक भीजनमा रेनोले मेगन ई– इलेक्ट्रिकमा प्रयोग भएको पावरट्रेनलाई सेयर गर्न लागेको अनुमान गरिएको छ । जसअनुसार यो नयाँ एसयूभीमा ६० किलोवाट आवरको व्याट्री जडान हुनेछ भने यसको पावर २१५ एचपी र रेन्ज २८० माइल रहने दावी गरिएको छ ।
सो नयाँ एसयुभीलाई कम्पनीले ७० प्रतिशत रिसाइकल सामाग्रीको प्रयोग गरी निर्माण गर्न लागेको हो । जसमध्ये ९५ प्रतिशत सामाग्रीलाई पुन रिसाइकल गर्न मिल्ने हुँदा नयाँ एसयुभी पूर्णत बातावरणमैत्री रहने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...