टाटाको तनाव बढ्ने ! मारुतीले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलियो बढाउने

मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मध्ये एक हो । कम्पनीले हालै आफ्नो नयाँ एमपीभी इन्भिक्टो पेश गरेको थियो । यो कम्पनीको प्रिमियम एमयूभी हो जसलाई अर्टिगा भन्दा माथि राखिएको छ । कम्पनीले आईसीई इन्जिन भएको कारपछि अब विद्युतीय कारमा पनि बजार कब्जा गर्ने तयारी गरेको छ ।

अहिले बजारमा टाटा मोटर्सको इलेक्ट्रिक कारले एकछत्र राज छ । टाटाको इलेक्ट्रिक एसयूभी नेक्सन लन्च भएदेखि नै भारतको नम्बर १ इलेक्ट्रिक एसयूभी बनेको छ । साथै टाटा टियागोको इलेक्ट्रिक मोडल पनि लन्च भइसकेको छ । यस्तो बेलामा अब मारुतीले टाटासँग प्रतिस्पर्धा गर्ने तयारीमा जुटिरहेको छ ।

मारुतीको पहिलो इलेक्ट्रिक कार ईभीएक्सको लामो समयदेखि निकै चर्चा चलिरहेको थियो । तर, अब कम्पनीले एक वा दुई नभई इलेक्ट्रिक कारमा आफ्नो पोर्टफोलियो बढाउने तयारी गरिरहेको खबर आएको छ । कम्पनीले आफ्ना इलेक्ट्रिक कारलाई विभिन्न सेगमेन्टमा लन्च गर्नेछ, जसमा वागन आरको इलेक्ट्रिक भर्सन पनि समावेश छ । वागन आर पनि परीक्षण समयमा देखा परिसकेको छ ।

ईभीएक्स कन्सेप्ट कार अटो एक्सपो २०२३ मा सार्वजनिक गरिएको थियो । कम्पनीले यसलाई मिडसाइज इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा लन्च गर्नेछ । सो कारले टाटा नेक्सन ईभी र महिन्द्रा एक्सयूभी४०० सँग प्रतिस्पर्धा गर्नेछ । सो कार ६० किलोवाट ब्याट्री प्याक सहित आउनेछ । साथै यो कार ५५० किलोमिटर रेन्जको हुनेछ ।

मारुती बाहेक महिन्द्राले पनि इलेक्ट्रिक कारको नयाँ रेन्जमा काम गरिरहेको छ । जसका कारण अब यो सेग्मेन्टमा प्रतिस्पर्धा बढ्ने सम्भावना बढेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनको माग तीव्र गतिमा बढिरहेको छ। पहिले...

यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...