लन्च भएको १ वर्षपछि वुकिङ खुल्यो स्कर्पियो एनको, नेपाल आउन किन भयो ढिलाई ?

गत वर्षको असार महिनामा नेपाल, भारत र दक्षिण अफ्रिकामा एकसाथ लन्च गरिएको स्कर्पियो एनको ठिक एक वर्षपछि नेपालमा वुकिङ खूल्ला भएको छ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालिले सो नयाँ एसयूभीको मूल्य ९० लाखदेखी १ करोड २४ लाख रुपैयाँसम्म निर्धारण गरेर वुकिङ खुलाएको हो ।

एसयूभी पारखीहरुमाझ प्रतिक्षारत स्कर्पियो एनलाई कम्पनीले नेपालमा सरकारले सवारी साधनको आयतमाथी लगाएको प्रतिवन्धको समयमा सार्वजनिक गरेको थियो । सो प्रतिवन्ध लामो समयसम्म लम्विदै गएपछि यसको बिक्री शुरु हुन सकिरहेको थिएन । पछि प्रतिवन्ध हटेपनि भारतीय बजारमै माग धेरै रहेको र नेपालमा कम्वसन गाडीको माग खासै हुन नसकेका कारण कम्पनीले यसलाई नेपाल ल्याउन रुची देखाएको थिएन ।

महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो जडित पहिलो मोडलका रुपमा नेपाल आएको सो एसयूभी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सो एसयूभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध गराइएको छ ।

यसको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।

एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध गराइएको छ । एसयूभीमा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो एवं एप्पल कार प्ले, ६ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, इलेक्ट्रोनिक सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस चार्जिङ, माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल दिइएको छ । साथै यसको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर पाउन सकिन्छ ।

२.० लिटर टर्वो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेपनि नेपाली बजारमा यसको डिजेल इन्जिनबाट बिक्री शुरु गरिएको हो । सो एसयूभीको पावर क्रमश १९८ विएचपी र १७३ विएचपी रहेको छ भने टर्क ३८० एनएम र ४०० एनएम छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...