जोन्टेसको तीन नयाँ मोटरसाइकल नेपाल आउँदै, यस्तो छ मूल्य

जोन्टेस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक आइरन मंक प्रालिले एकैपटक तीन नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । नयाँ मोटरसाइकल नेपाल आउन लागेको जानकारी दिँदै कम्पनीले मूल्य समेत सार्वजनिक गरेको छ । कम्पनीले हाल जेडटी १५५–यू१ मोडल बिक्री गर्दै आएकोमा सो मोडललाई पनि १५० सीसीमा उतार्न लागेको हो ।

कम्पनीले नेपाल ल्याउन लागेको नयाँ मोटरसाइकलमा जेडटी १२५–यू१, जेडटी–३१०टी र जेडटी–३५० टी रहेका छन् । यी मोटरसाइकलमा क्रमशः १२५, ३१२ र ३४८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसमध्य जेडटी १२५–यू१ को मूल्य ४ लाख ३९ हजार, जेडटी–३१०टी लाई ८ लाख ९९ हजारदेखी ९ लाख ९९ हजार र जेडटी–३५० टीको १० लाख ४९ हजार ९०० रुपैयाँ पर्ने जनाइएको छ ।

नयाँ मोटरसाइकल अरेन्ज, व्ल्याक र व्लु गरी कुल तीन कलर अप्सनमा उपलब्ध हुने कम्पनीको भनाई छ । नयाँ मोटरसाइकलको वुकिङ केहि दिनपछि खुल्ने र भदौमा आयोजना हुने नाडा आटो शोमा लन्च गरिने कम्पनी स्रोतले नेपाल अटोलाई बताएको छ ।

जोन्टेस चीनको प्रख्यात टु ह्विलर कम्पनी टोयो मोटरसाइकल टेक्नोलोजी कम्पनीले उत्पादन गरेको एक प्रिमियम ब्रान्ड हो । यो ब्रान्डलाई आइरन मंकले गत वर्षको पुष महिनामा लन्च गरेको थियो । कम्पनीले हाल बिक्री गर्दै आएको जेडटी १५५–यू१ एड्भेन्चर टुरिङ मोटरसाइकल हो ।

यो मोटरसाइकलमा १५५ सिसी फ्यूल इन्जेक्सन, लिक्विडक कुल्ड, फोर भल्भ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९.३ पिएस र टर्क १६ एनएम रहेको छ । मोटरसाइकलमा ९ भन्दा बढी सेग्मेन्ट फस्र्ट फिचर दिइएको छ । यो मोटरसाइकल पूर्णत किलेस रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...