स्कोडा कार चलाउने ड्राइभर सबैभन्दा बुद्धिमान : एक अध्ययन

कार सम्बन्धी तुलना गर्ने बेलायतको स्क्र्याप कार कम्प्यारिजनले गरेको एक अध्ययन अनुसार स्कोडा कार चलाउने ड्राइभरहरु सबैभन्दा बुद्धिमान हुने देखाएको छ । यसमा पनि आफ्नो व्यक्तिगत नम्बर प्लेट नभएका र ह्वाइट कलरको स्कोडा कार चलाउनेहरु सबैभन्दा बढी बुद्धिमान हुने सो अध्ययनले देखाएको छ ।

उनीहरुको इन्टेलिजेन्ट लेवल चेक गर्नका लागि विभिन्न ब्रान्डका कार चलाउने २ हजार ड्राइभरहरुलाई अध्ययनमा समावेश गरिएको थियो । उनीहरुले चलाउने कार, कलर र नम्बर प्लेट आदिका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । यी सबै आधारमा जाँच गर्दा स्कोडा ड्राइभरहरुले औसत ९९ स्कोरको आईक्यु पाएर प्रथम स्थान हासिल गरेका हुन् ।

रोचक पक्ष के छ भने सबै ड्राइभरले औसतमा पाएको आइक्यु स्कोर ९३.७० भन्दा स्कोडा ड्राइभरले करिव ६ स्कोर बढी पाएका थिए । दोस्रो नम्बरमा सुजुकी र तेस्रो नम्बरमा प्युजो ब्रान्डका ड्राइभर इन्टेलिजेन्ट देखिएका छन् । उनीहरुले क्रमशः ९८.०९ र ९७.७९ स्कोर पाए ।

ल्यान्डरोभर चलाउनेले सबैभन्दा कम स्कोर पाए । यो भन्दा माथि बीएमडब्ल्यु र फिएट रहे । बीएमडब्ल्यु र फिएटले क्रमशः ९१.६८ र ९०.१४ स्कोर पाए ।

अर्को रोचक पक्ष के देखियो भने ह्वाइट र ग्रे कलर कार चलाउनेहरुले क्रमशः ९५.७१ र ९४.९७ स्कोर पाएर सबैभन्दा बढी बुद्धिमान भएको प्रमाणित गरे । त्यसैगरी ८८.४३ स्कोर पाएर ग्रिन कलर कार धनी सबैभन्दा कम बुद्धिमान हुने प्रमाणित भयो ।

स्क्र्याप कार कम्प्यारिजनका म्यानेजिङ डाइरेक्टर डान जिकले भने विभिन्न अध्ययनले ८५ देखि ११५ स्कोर सम्म हुने ड्राइभरहरुको आइक्युलाई औसत मानिने भन्दै यसमा लज्जित अनुभव नगर्न र यो एउटा अध्ययन मात्रै भएको बताएका छन् ।

जुनसुकै ब्रान्डको गाडी चलाए पनि आफू स्मार्ट हुनु र जिम्मेवार रुपमा गाडी चलाउनु नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

गत वर्ष लन्डनवासीहरुले आफूलाई बेलायतका सबैभन्दा सिपालु ड्राइभर भएको बताउने गरेको समाचार सार्वजनिक भएको थियो । यस पछि यो अध्ययनको नतिजा सहितको समाचार सार्वजनिक भएको हो ।

सम्बन्धित समाचारहरू

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।...

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा...

स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

स्कोडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...