२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
मारुती सुजुकीले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ भारतीय अटोमोबाइल बजारमा लन्च गरेको छ । कम्पनीले केही दिन अघि नै बुकिङ सुरु गरेको र नेक्सा डिलरसिपबाट बिक्री गरिरहेको छ । अब कम्पनीले यो कारको मूल्य र फिचर्स पनि खुलाएको छ । हाल इन्भिक्टोका ३ भेरियन्ट बजारमा ल्याइएका छन् जसमा जेटा प्लस ७ सिटर, जेटा प्लस ८ सिटर र अल्फा प्लस ७ सिटर रहेका छन् ।
लामो समयदेखि चर्चा भइरहेको यो कारमा ४ सिलिन्डर २.० लिटर इन्जिन दिइएको छ भने हाइब्रिड प्रविधिमा ल्याइएको छ । कारको कम्बाइन्ड पावर १८३ बीएचपी छ। यसका साथै कारमा म्यानुअलको साथ सीभीटी ट्रान्समिसन विकल्प पनि राखिएको छ । कारमा नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइने छैन, हाइब्रिड इन्जिन मात्र दिइनेछ । मारुती सुजुकी र टोयोटाको साझेदारीमा बनेको यो पहिलो अटोमेटिक इन्जिन मात्र भएको कार हो ।
कारमा प्रिमियम फिचर दिइएको छ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन एसी, सनशेड, कट विन्डशिल्ड, पावर टेलगेट, ३६० डिग्री भ्यु मोनिटर, रियर डोर सनशेड, फ्लेक्जिबल सिट, मल्टिपल स्टोरेज, फोल्डिङ साइड टेबल, मल्टिपल चार्जिङ पोर्ट, पर्सनल रिडिङ ल्याम्पजस्ता सुविधाहरू हुनेछन्।
कारमा सुरक्षालाई विशेष ध्यान दिइएको छ । यसमा ६ वटा एयरब्याग दिइएको छ । कारमा ई–कल सुविधासहित सुजुकी कनेक्ट दिइएको छ । अगाडि र पछाडि डिस्क ब्रेक प्रदान गरिएको छ। अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । ईबीडीका साथ एबीएस, हिल होल्ड असिस्ट सहित भेइकल स्टेबिलिटी कन्ट्रोल प्रदान गरिएको छ।
टोयोटासँगको साझेदारीमा डिजाइन गरिएको इन्भिक्टोको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी इनोभा हाइक्रस हुनेछ। योसँगै यसले महिन्द्रा एक्सयूभी ७०० र एमजी हेक्टर जस्ता गाडीसँग पनि प्रतिस्पर्धा गर्नेछ ।
भारतीय बजारमा जेटा प्लस ७ सिटरको मूल्य २४ लाख ७९ हजार, जेटा प्लस ८ सिटरको मूलय २४ लाख ८४ हजार र अल्फा प्लस ७ सिटरको मूल्य २८ लाख ४२ हजार भारु छ । भविष्यमा यो कार नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५०...
मारुती सुजुकी पेट्रोल र डिजेल सेगमेन्टमा शीर्ष स्थानमा छ । तर, अब मारुती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...