जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर र बाइक यातायात कार्यालयमा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा ३ हजार ७४१ युनिट विद्युतीय स्कुटर दर्ता हुँदा ५०८ युनिट मात्र इलेक्ट्रिक बाइक दर्ता भएका छन्।

विद्युतीय दुई पांग्रेको दर्ता पछिल्लो समयमा घट्दो क्रममा रहेको कार्यालयले जनाएको छ। मंसिरमा ७४७ युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएको थियो। तर पछिल्लो महिना वैशाखमा जम्मा २५० युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएका कार्यालयले जनाएको छ। यसलाई हेर्दा विद्युतीय स्कुटर र बाइकको दर्ता ७० प्रतिशतले घटेको कार्यालयले जनाएको छ।

चालु आवको साउनमा ४४९ युनिट, भदौमा ५२५ युनिट, असोजमा ३७१ युनिट, कात्तिकमा ५८६ युनिट दर्ता भएकोमा मंसिरमा भने दर्ता संख्या बढेर ७४७ युनिट पुगेको थियो ।

त्यसपछि विद्युतीय स्कुटर बाइकको दर्ता ओरालो गतिमा छ। जसमा पुसमा ६२९ युनिट, माघमा १९० युनिट, फागुनमा ४८ युनिट, चैतमा १५४ युनिट, वैशाखमा २५० युनिट र जेठमा २३० युनिट दर्ता भएका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...