ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो ।

एयरपोर्ट–तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘राडर गन’को प्रयोगपछि एयरपोर्ट–तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले जानकारी दिए । उनका अनुसार जसमा मोटरसाइकल बढी छन् ।

चारपाङ्ग्रेमा मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई रु एक सय जरिवाना गर्ने गरेको छ ।

राडर गनको ट्रिगरलाई औँलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अङ्क देखाउने गरेको प्रमुख धामीले बताए।

उनले भने, “एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिने तथा धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिन्छ ।”

काठमाडौँमा रहेका छ लेनका सडकमा यातायात व्यवस्था विभागले प्रतिघण्टा ६० किमि गुडाउन सकिने मापदण्ड तोकेको छ । प्राय तीव्र गतीमा मोटसाइकल कुद्ने भएकाले ट्राफिकले यहाँका सडकमा विशेष गरी मोटरसाइकल चालकलाई निगरानी गरेर कारबाही गर्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ सडकमा भएको सेतो र पहेंलो चिन्हको अर्थ

यस्तो छ सडकमा भएको सेतो र पहेंलो चिन्हको अर्थ

सामान्य सडक वा राजमार्गहरूमा बनेको लाइन देख्नु भएको होला ! कुनै ठाउँमा यी...

उपत्यकाका यी सडकमा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी–बाइक गुडाउन नपाइने

उपत्यकाका यी सडकमा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी–बाइक गुडाउन नपाइने

काठमाडौं उपत्यकाका सडकमा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी...

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...