विद्युत प्राधिकरणका सवारी साधनमा जीपीएस प्रणाली जडान गरिदैँ

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका सवारी साधनमा जीपीएस प्रणाली जोडिने भएको छ।

प्राधिकरणले आफ्ना स्वामित्वमा चल्ने सबै गाडीमा जीपीएस प्रविधि जडान गर्ने जानकारी दिएको हो।

यसअन्तर्गत प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनमा जीपीएस जडान गरिने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए ।

प्रधिकरणका अनुसार गाडीमा जीपीएस प्रविधि जडान गरेपछि यसले उचित दिशा बताउनुका साथै आवश्यकता अनुसार अल्टर्नेटिभ मार्गहरू प्रस्तुत गर्नेछ ।

साथै यसले चोरीजस्ता अपराधहरू रोक्न मद्दत गर्नेदेखि सवारी साधन कुन स्थानमा कस्तो अवस्थामा छ भनेर देखाउने प्रणाली हो। कहाँ कति बेर रोकियो भन्ने पनि देखिन्छ। यसले सवारी कुन गतिमा चलिरहेको छ भन्ने कुरासमेत देखाउँछ।

सम्बन्धित समाचारहरू

गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान

गाडीमा जिपिएस जडान योजना अलपत्र, हालसम्म ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान

काठमाडौँ – यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल...

यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

काठमाडौँ – तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य...

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

काठमाडौँ । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...