अब २० लाख ९९ हजारमा पाइने भयो वुलिङ एयर ईभी, सीमित समयका लागि खुल्यो बुकिङ

काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी (Wuling Air EV) को बुकिङ प्रारम्भ भएको छ । नेपालमा सो इलेक्ट्रिक ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुल्ला गरेको हो ।

ईभी नेपाल मोटर्सले पहिले देखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ । ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँ मूल्यमा बुकिङ खुल्ला गरिएको हो ।

यो भन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य हुने बताइएको थियो । तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेरै बुकिङ खुला गरिएको हो ।

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ । यसका साथै ग्राहकले ५० हजार रुपैयाँ सम्मको एसेसरिज समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो इलेक्ट्रिक कार निर्माण भएको हो । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीका एजीएम एनके शरदले बताए ।

सम्बन्धित समाचारहरू

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

चीनमा बीवाईडीलाई पछ्याउँदै चांगान

चीनमा बीवाईडीलाई पछ्याउँदै चांगान

चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...