परीक्षणमा देखियो सुजुकीको नयाँ ब्रेजा, एडास र नयाँ हाइब्रिड इन्जिनसहित आउने सम्भावना
मारुती सुजुकीको लोकप्रिय सब ४ मिटर एसयूभी ब्रेजा परीक्षणका क्रममा देखिएको...
मारुती सुजुकीले जुलाई ५ मा प्रिमियम श्रेणीमा नयाँ एपीभी इन्भिक्टो लन्च गर्दैछ । सो कार इनोभा हाईक्रसको प्लेटफर्ममा निर्माण गरिएको हो । कम्पनीले पहिलो पटक आफ्नो नयाँ कारमा विशेष फिचर समावेश गरेको छ । सो कारले अटो क्षेत्रमा गेम चेन्जरको रुपमा काम गर्ने अनुमान गरिएको छ ।
मारुती सुजुकीले पहिलो पटक इन्भिक्टोमा एडीएएस समावेश गर्ने भएको छ । यसअघि ग्राण्ड भिटारा कम्प्याक्ट एसयूभीमा पनि एडीएएस फिचर दिने अनुमान गरिएको थियो तर त्यसो भएन ।
सेफ्टी फिचरका लागि इन्भिक्टोमा ब्लाइन्ड स्पट मोनिटरिङ, प्रि कोलिजन सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, लेन ट्रेस असिस्ट र अटो हाई बिम समावेश हुनेछ । साथै, कारमा स्ट्यान्डर्ड फिचरका रूपमा ६ वटा एयरब्याग पनि समावेश हुनेछ ।
इन्भिक्टो कारको बुट स्पेसमा सामान राख्न एक पावर टेलगेट जडान गरिने छ, जसलाई एक बटनको क्लिकमा सजिलै खोल्न सकिन्छ ।
सुपर प्रिमियम कारमा मात्र हुने फङसन पनि इन्भिक्टोमा देख्न सकिने भएको छ । कारमा क्याप्टेन सिट दिइएको छ र यो रिक्लाइनर विकल्पका साथै एक्सपेन्डेबल लेग रेस्ट विकल्पको साथमा उपलब्ध हुनेछ । यसलाई केवल एक बटनको मदतले रूपान्तरण गर्न सकिनेछ ।
कारको अगाडि दुवै सिटमा भेन्टिलेसन दिइएको छ । सो कारमा माइक रियर भ्यू, अगाडि र पछाडि रोका लागि क्लाइमेट कन्ट्रोल एसी, रियर सनसेड र ९ स्पिकरसहितको म्युजिक सिस्टम समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...