एक दशकभित्र आकाशमा उड्ने कार देख्न सकिने, सुजुकीले पनि फ्लाइङ कार निर्माण गर्ने

जापानी अटो निर्माता कम्पनी सुजुकीले उड्ने कार बनाउने तयारी गरेको छ । यसका लागि कम्पनीले स्काईड्राइभ कम्पनीसँग सहकार्य गरेको छ । सुजुकीको यो इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ कार नयाँ जेनेरेशनको कार हुनेछ ।

यो नयाँ कार सन् २०२४ मा सार्वजनिक हुनेछ । कम्पनीको यो उड्ने कारले एक पटकमा धेरै यात्रुहरू लिएर उडान गर्न सक्छ ।

स्काईड्राइभले गत वर्ष मार्चमा कम्पनीले उड्ने कारको अनुसन्धान, विकास र मार्केटिङका लागि सुजुकीसँग साझेदारी गरेको थियो ।

स्काईड्राइभले ईभीटीओएल विमान विकास गरिरहेको छ । २०१८ मा स्थापना भएको कम्पनीले पहिले नै उडान कारको प्रोटोटाइप परीक्षण गरिरहेको छ र २०१९ मा चालक दलको परीक्षण उडान पूरा गर्न सफल भएको थियो ।

स्काईड्राइभले कम्प्याक्ट, २ सिटको विद्युतीय फ्लाइङ कारको विकास सुरु गरेको छ । कम्पनीले सो कारको सम्पूर्ण उत्पादन गर्ने योजना बनाएको छ । तर, सुजुकी यो कारको डेभलपमेन्ट पार्टनर बन्ने हो वा होइन भन्ने स्पष्ट छैन । यो दशकको अन्त्यसम्ममा उड्ने कार लन्च गर्न सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने

सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने

काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?

मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा,...

३ लाख रुपैयाँमा लन्च भयो सुजुकी एभेनिस, प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको दावी

३ लाख रुपैयाँमा लन्च भयो सुजुकी एभेनिस, प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको दावी

लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...