रोमन जेम्ल्यान्स्की बने याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टी
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी...
भारतीय अटो उत्पादक फोर्स मोटर्सले आफ्नो लोकप्रिय आफरोड एसयूभी गुर्खामा आधारित पिकअप ल्याउने भएको छ । सो नयाँ पीकअपलाई कम्पनीले अहिले परिक्षण गरिरहेको छ । परिक्षणका क्रममा पिकअपको तस्विर वाहिरिएपछि छिट्टै बजारमा आउने आँकलन गरिएको हो ।
सो नयाँ पीकअप ४ ओटा ढोका र डवल क्याव स्पेसिफीकेसनमा आउन लागेको हो । यसको अग्र भाग गुर्खा एसयुभीको जस्तै देखिएको छ भने टप भेरिएन्टमा एलइडी डीआरएलएस सहितको प्रोजेक्टर हेडल्याप दिइएको छ । यसैगरी इन्ट्रि लेवल भेरिएन्टमा भने सामान्य प्रकारको फ्ल्याट हेलोजन हेडल्याम्प पाउन सकिनेछ ।
फोर्स मोटर्सले यसअघि इन्डोनेशियामा आयोजना भएको अटो एक्सपोमा नयाँ पिकअपलाई प्रदर्शन गरेको थियो । सो नयाँ पीकअपमा पनि फोर्स गुर्खामा जस्तै मर्सिडिज वेन्जबाट लिइएको २.६ लिटर डिजेल इन्जिन जडान गर्न सक्ने आँकलन गरिएको छ । सो इन्जिनको पावर ९० वीएचपी र टर्क २५० एनएम रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...