८ महिनामै भित्रिए १३ सय बढी विद्युतीय सवारी : नेपाली सडकमा बढ्दै यस्ता सवारी
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय...
इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको छ । हालै इन्टरनेटमा ओलाको नयाँ इलेक्ट्रिक कारको तस्बिर लिक भएको छ । यसलाई हेर्दा ओला इलेक्ट्रिक कारले लुक्समा मात्र नभई फिचरमा पनि टेस्ला जस्ता कारलाई पनि टक्कर दिन सक्ने अनुमान गरिएको छ ।
इन्टरनेटमा लिक भएको ओलाको नयाँ तस्बिरले यो कार अझ कन्सेप्ट चरणमा रहेको र कार प्रोडक्सनका लागि तयार नभएको भन्ने अनुमान गर्न सकिन्छ ।
ओलाको सो इलेक्ट्रिक कार सेडान कार हुनेछ । यो केही हदसम्म टेस्ला मोडेल ३ जस्तो देखिन्छ । यद्यपि कारलाई पछाडिबाट फरक डिजाइन दिइएको छ । कारको डिजाइन पूर्णतया एरोडायनामिक बनाइएको छ । कारको ह्विलबेस पनि बढी छ । बढी ह्विलबेस भएका कारण कारमा बढी स्पेस हुनेछ ।
अन्य इलेक्ट्रिक कारमा जस्तै सो कारको फ्रन्टमा पनि ग्रिल दिइएको छैन । सो कार ड्युअल टोनमा लन्च गरिने अनुमान छ । साथै कारमा प्यानोरामिक सनरुफ पनि दिन सकिने अनुमान छ ।
यद्यपि कम्पनीले कारको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन । साथै कारको नाम समेत उल्लेख गरिएको छैन । रिपोर्टका अनुसार ओला इलेक्ट्रिक कारको रेन्ज ४०० किलोमिटरभन्दा बढी हुनेछ ।
यसको मूल्य १२ लाख देखि १५ लाख भारुको बीच हुनेछ । ओला इलेक्ट्रिक कार अटो एक्सपो २०२४ मा सार्वजनिक गरिने छ ।
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय...
संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा...
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...