हेल्मेट डिटेक्सन सिस्टममा काम गर्दै ओला, हेल्मेट नलगाई वाइक चलाउन खोजे स्टार्ट नै नहुने

भारतको प्रख्यात टु ह्विलर इभी निर्माता ओलाले आफ्नो स्कुटर र मोटरसाइकल चलाउने राइडरलाई हेल्मेट अनिवार्य गराउन नयाँ सिस्टमको विकास गर्ने भएको छ । हेल्मेट डिटेक्सन सिस्टममा काम गरिरहेको ओलाको यस्तो कदमले भोलीका दिनमा हेल्मेट वेगर वाइक नै स्टार्ट गर्न नसकिने देखिएको छ ।

ओलाले विकास गरिरहेको यो सिस्टम अनुसार वाइकको डिस्प्लेसंगै राखिएको क्यामेराको साहयतामा राइडरले हेल्मेट लगाएको वा नलगाएको वारे जानकारी दिनेछ । वाइकलाई राइड मोडमा राख्ने वित्तिकै राइडरले हेल्मेट लगाएको या नलगाएको वारे क्यामेराले डिटेक्ट गरी सोको जानकारी भेइकल युनिट कन्ट्रोललाई पठाउने छ । यसरी प्राप्त जानकारी मोटर कन्ट्रोल युनिटसम्म पुग्नेछ र यदि राइडरले हेल्मेट नलगाएको पाइएमा स्टार्ट नभईकनै वाइक स्वतः पार्क मोडमा जानेछ ।

पार्क मोडमा गएपछि सो वारे जानकारी वाइकको डिस्प्लेसमा समेत देखिनेछ र राइडरलाई हेल्मेट लगाउन सचेत गराउनेछ । पछि हेल्मेट लगाएपछि भने वाइक पुन राइड मोडमा फर्किनेछ र स्टार्ट गर्न सकिनेछ । यो नयाँ प्रविधीले हेल्मेट नलगाइकन यात्रा गर्ने वानीलाई निस्तेज गरी सडक दुर्घटनाबाट हुने क्षतीलाई न्यूनिकरण गर्न सघाउ पुग्ने कम्पनीले विश्वास लिएको छ ।

यसअघि यस्तै प्रविधीमा टीभीएसले पनी काम गर्ने जनाएको थियो । टीभीएसले क्यामेरामा आधारित हेल्मेट रिमाइन्डर सिस्टममा काम गर्ने जनाएको केही समय लगत्तै ओलाले पनि उस्तै प्रविधीमा काम गर्न लागेको जनाएको हो ।

सम्बन्धित समाचारहरू

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

काठमाडौँ – आगामी मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटीमण्डपमा एसडी...

भित्रिए चांगनका विद्युतीय भ्यान, सीजी मोटर्सले ल्याएका विद्युतीय भ्यानका यस्ता छन् विशेषता

भित्रिए चांगनका विद्युतीय भ्यान, सीजी मोटर्सले ल्याएका विद्युतीय भ्यानका यस्ता छन् विशेषता

काठमाडौं – नेपाली बजारमा हाल नेटा भी विद्युतीय कार बिक्री–वितरण गरिरहेको...

काठमाडौंमा भोलिदेखि फोर्थिङ ईभीको एक्सचेन्ज फेस्ट, ७ लाख सम्मको विशेष लाभ पाइने

काठमाडौंमा भोलिदेखि फोर्थिङ ईभीको एक्सचेन्ज फेस्ट, ७ लाख सम्मको विशेष लाभ पाइने

काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...