इलेक्ट्रिक माइक्रोबसमा अर्को प्रतिस्पर्धी थपिदै, विशाल ग्रुपले ल्याउदै ११ सिटर भ्यान

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक माइक्रोबसको प्रयोग बढ्दै गएको सन्दर्भमा नयाँ ब्रान्ड थपिने भएको छ । विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सनले नयाँ ११ सिटर इलेक्ट्रिक माइक्रोबस ल्याउने भएको छ ।

एसआरएमको एक्स३०एल मोडलको सो भ्यान हाल परीक्षण भइरहेको छ । यसले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा भएको सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्रीलाई फास्ट चार्जरको सहयोगले ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । सामान्य अवस्थामा भने फुल चार्ज गर्न करिव १२ घण्टा जति लाग्ने छ ।

५ वर्ष वा २ लाख किलोमिटर गुड्दा सम्म ब्याट्रीमा वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ ।

४४ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको सो इलेक्ट्रिक भ्यानका लागि हाल डिलर आह्वान समेत गरिएको छ ।

यसमा विभिन्न अत्याधुनिक फिचर समेत रहेका छन् । हाल विशेष गरी काठमाडौंबाट पूर्व क्षेत्रतिरका रुटहरुमा यस्ता माइक्रो भ्यान लोकप्रिय बनिरहेका छन् ।

एक्स३०एल ईभी विश्व बजारमा अन्य ब्रान्डमा समेत देख्न सकिन्छ । ब्रिलेन्स अटोद्वारा उत्पादन गरिने सो भ्यान एसआरएम साइनरी एक्स३०एल, डोङफेङ ईएम१३ लगायतका विभिन्न नाममा समेत आउने विकिपिडियाले उल्लेख गरेको छ । यी मोडल कुनै समय नेपाली बजारमा दिगो र सीजी मोटर्सले ल्याउने चर्चा समेत चलेको थियो । यद्यपि पछि यी कम्पनीले यो मोडल नल्याउने निर्णय गरेका थिए ।

सम्बन्धित समाचारहरू

सरकारले चार्जिङ स्टेसनको बिस्तार गर्ने

सरकारले चार्जिङ स्टेसनको बिस्तार गर्ने

काठमाडौँ -सरकारले विद्युतिय सवारी साधनलाई प्रोत्साहन गरी निजी क्षेत्रको...

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...