बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा अब बीवाईडी एट्टो ३ तीन मोडलमा उपलब्ध हुने भएको छ ।

नयाँ मोडलको रुपमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ हुनेछ । सो गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर हुनेछ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले अन्य दुई मोडलको नयाँ मूल्य सूची पनि सार्वजनिक गरेको छ । नयाँ बजेटले व्यवस्था गरे अनुसार करको दर हेरफेर भएकाले यी गाडीको मूल्य पनि परिमार्जन गरिएको हो ।

दुवै मोडलमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यी मध्ये १०० किलोवाटको बीवाईडी एट्टो ३ को मूल्य ६५ लाख ८८ हजार र १५० किलोवाटको बीवाईडी एट्टो ३ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यी दुई मोडलको मूल्य पहिले ६४ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ थियो ।

सरकारले १०० किलोवाट सम्म क्षमताको इलेक्ट्रिक गाडीमा कर बढाएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु-याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ। यसले गर्दा यो वर्षको लागि ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो।

बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्तःशुल्क १०/१० प्रतिशत घटाइएको छ। यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लाग्दै आएको थियो। अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

तर साइमेक्स इंकले भने बढेको करको दर अनुसार मूल्य नबढाई सामान्य मात्र बढाएको र करको दर अनुसार नै घटाएको बताएको छ ।

सम्बन्धित समाचारहरू

अब डिजिटल वालेटबाटै गाडी भाडा तिर्न सकिने व्यवस्था हुने

अब डिजिटल वालेटबाटै गाडी भाडा तिर्न सकिने व्यवस्था हुने

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेश भित्रका यातायातको शुल्क...

होन्डाले सार्वजनिक ग-यो इन्टेलिजेन्ट कन्ट्रोल सिस्टमले सुसज्जित नयाँ इलेक्ट्रिक कार

होन्डाले सार्वजनिक ग-यो इन्टेलिजेन्ट कन्ट्रोल सिस्टमले सुसज्जित नयाँ इलेक्ट्रिक कार

होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ...

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...