विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० सबैभन्दा बढी ‘फ्युचर रेडी’ अर्थात भविष्यका लागि तयार कारहरुको सूचीमा ३ चिनियाँ अटो ब्रान्ड परेको छन् । अटो.इन्डष्ट्रिका लागि तयार गरिएको २०२३ फ्युृचर रेडिनेस इन्डिकेटर अनुसार सो तथ्य सार्वजनिक भएको हो ।

यी मध्ये चाइनिज कार निर्माता कम्पनी बीवाईडी गत वर्ष भन्दा ३ स्थान माथि उक्लेर दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा टेस्ला रहेको छ । त्यसैगरी एक्सपेङ छैटौं र लि अटो सातौ स्थानमा रहेका छन् ।

सूची अनुसार तेस्रो नम्बरमा फक्सवागन, चौथो नम्बरमा हुन्डाई र पाँचौ नम्बरमा फोर्ड रहेका छन् ।

त्यसैगरी आठौ नम्बरमा मर्सिडिज, नवौं नम्बरमा जनरल मोटर्स र दशौं नम्बरमा टोयोटा रहेका छन् ।

इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले प्रकाशित गरेको रिपोर्ट अनुसार भविष्यको चुनौतीलाई समेत सामना गर्न सक्ने विश्वका प्रमुख कार निर्माता कम्पनीहरुलाई सो सूचीमा समावेश गरिन्छ ।

सन् २०१० देखि प्रकाशित हुँदै आएको सो सूची कम्पनीको फाइनान्सियल फन्डामेन्टल, इन्भेस्टर एक्सपेक्टेसन, बिजनेस डाइभर्सिटी, रिसर्च एन्ड डेभलपमेन्ट, इनोभेसन तथा नगद मौज्दात एवं ऋण समेतको आधारमा कम्पनीको पर्फमेन्स अनुसार सार्वजनिक हुन्छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

१२० किलोमिटर रेन्ज दिने एड्भान्स फिचर सहित हाई स्पिड इलेक्ट्रिक स्कुटर ईभी सोल

१२० किलोमिटर रेन्ज दिने एड्भान्स फिचर सहित हाई स्पिड इलेक्ट्रिक स्कुटर ईभी सोल

इलेक्ट्रिक सवारी साधन निर्माता ईभी इन्डियाले इलेक्ट्रिक टु ह्वील...

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...