दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा
भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको...
सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने तयारी गर्दैछ । कम्पनीले सो बाइक नोभेम्बरमा सार्वजनिक गरेको थियो ।
सुुजुकीको नयाँ बाइक परीक्षणको क्रममा देखिएको थियो । सुजुकीले भारतीय बजारमा भी स्ट्रोम एसएक्स २५० र भी स्ट्रोम ६५० एक्सटी बाइक पेश गरिसकेको छ । र चाँडै नै भी स्ट्रोम ८०० डीई पनि लन्च गर्ने तयारी गर्दैछ ।
सुजुकी भी स्ट्रोम ८०० डीईमा ७७६ सीसीको प्यारलल ट्विन इन्जिन दिने अनुमान गरिएको छ । यस इन्जिनले बाइकमा ८३ बीएचपी पावर र ७८ एनएमको टर्क उत्पादन गर्नेछ । बाइकमा अफ रोडिङका लागि अगाडि २१ इन्चको स्पोक ह्विल र पछाडि १७ इन्चको स्पोक ह्विल प्रदान गरिएको छ ।
बाइकमा ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, राइडिङ मोड, क्विक सिफ्टर, ड्युअल च्यानल एबीएस, सुजुकी इन्टेलिजेन्स राइडिङ सिस्टम, यूएसबी सकेट, एलईडी लाइट, एलईडी इन्डिकेटर जस्ता फिचर दिइएको छ । अफ रोडिङको समयमा राइडरलाई बाइक ड्राइभ गर्न सजिलोको लागि सो बाइकमा उठेको ह्यान्डलबार समावेश गर्न सक्छ ।
कम्पनीले सो बाइकको लन्चिङको कुनै आधिकारिक जानकारी नदिएको भए तापनि रिपोर्टका अनुसार यो बाइक फेस्टिभ सिजनमा लन्च हुन सक्ने अनुमान गरिएको छ ।
भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको...
काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...