रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी तयार गर्दैछ । रिपोर्टका अनुसार नयाँ डस्टर सेप्टेम्बर र नोभेम्बरको बीचमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सो एसयूभी २०२४ को शुरुमा युरोपेली बजारमा लन्च हुने सम्भावना छ ।

नयाँ डस्टरको परीक्षण सुरु भइसकेको छ । यो नयाँ प्लेटफर्म सीएमएफ–बी मोड्युलर आर्किटेक्चरमा आधारित हुनेछ । बिगस्टर कन्सेप्टमा आधारित ७ सिटर एसयूभी पनि यही आर्किटेक्चरमा निर्माण हुनेछ ।

नयाँ डस्टरको लम्बाई ४.४ देखि ४.५ मिटरको हुने सम्भावना छ । साइजको कारण रेनो डस्टरको क्याबिनमा थप बुट स्पेस हुनेछ ।

नयाँ मोडलमा १.० लिटर ३ सिलिन्डर टर्बो इन्जिन प्रदान गरिने छ । यसमा डिजेल इन्जिनको विकल्पको रुपमा कुशल माइल्ड हाइब्रिड पेट्रोल पावरट्रेन पेश गर्न सकिन्छ । एसयूभीमा रेनोको सेल्फ चार्जिङ हाइब्रिड पनि हुने सम्भावना छ ।

यो सेटअप १.६ लिटर एस्पिरेटेड पेट्रोलसँग २ वटा विद्युतीय मोटर, १.२ किलोवाट ब्याट्री प्याक र मल्टी मोड गियरबक्ससँग जोडिएको छ । यसले १३८ बीएचपीको पावर र फुल ट्यांकमा ९०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

नयाँ रेनो डस्टरमा स्मार्टफोन कनेक्टिभिटीको साथ इन्फोटेनमेन्ट सिस्टमको लागि ठूलो र हाई माउन्ट टचस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, क्याबिनमा ड्यासबोर्ड र डोर प्यानलमा कडा स्क्रयाच प्लास्टिक हुनेछ । नयाँ डस्टरमा अल ह्विल ड्राइभ सेटअप पनि हुनेछ । एसयूभीको ग्राउन्ड क्लियरेन्स २१४ देखि २१७ एमएम हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...