टेस्लाको प्रतिस्पर्धी बन्ने लक्ष्य लिएको जिकरको पहिलो एसयूभी एसेम्बली लाइनमा सार्वजनिक

चाइनिज कम्पनी जिकरले पहिलो मास प्रोडक्सन इलेक्ट्रिक भेइकल ‘जिकर एक्स’ सार्वजनिक गरेको छ । पहिलो पटक यसको मोडल सार्वजनिक गरेको जिकरले ५६ दिन पश्चात नै यसको प्रोडक्सन मोडल एसेम्बली लाइनबाट सार्वजनिक गरेको हो । यसको डेलिभरी यही महिना नै हुने अनुमान गरिएको छ ।

प्यारेन्ट कम्पनी जिली रहेको जिकरको सो कारको मूल्य २६ हजार ६ सय युएस डलर हुनेछ । यसमा ६६ किलोवाट आवरको ब्याट्री हुनेछ भने ४२८ एचपी पावर जेनेरेट गर्छ । चीन बाहेक आगामी दिनमा यो युरोपेली बजारमा समेत उपलब्ध हुनेछ ।

जिलीको ईभी ब्रान्डको रुपमा जिकर रहेको छ । यसले यो भन्दा पहिले जिकर ००१ सेडान र जिकर ००९ एमपीभी बजारमा उपलब्ध गराइसकेको छ । यी सबै एसईए आर्किटेक्चरमा बनेका छन् ।

स्पोर्टी इलेक्ट्रिक कारको पहिचान कायम गर्ने जिकर एक्समा रियर प्राइभेसी ग्लास, फ्रेमलेस डोर, फ्रेमलेस रियरभ्यु मिरर र स्लिक डोर ह्यान्डल छन् । यसको इन्टेरियरमा ८.८ इन्च फुल एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल र १४.६ इन्चको इलेक्ट्रिक स्लाइडिङ स्मार्ट स्क्रिन छ ।

यसमा थप फिचरको रुपमा मोबाइलका लागि ५० वाट वायरलेस फास्ट चार्जिङ समेत छ । यसमा १४.६ इन्चको फ्लोटिङ मेन स्क्रिन छ भने स्टेयरिङ ह्विलको पछाडि गियर सिफ्टर छ ।

जिकर एक्स २०० किलोवाट रियर मोटर र ३१५ किलोवाट गरी दुई मोटर अप्सनमा उपलब्ध हुनेछ । यसमा ६६ किलोवाट आवरको एनएमसी ब्याट्री छ । यसमा रहेको रियर ह्विल ड्राइभ मोडलले ५६० किलोमिटर र फोर ह्विल ड्राइभ मोडलले ५१२ किलोमिटरको रेन्ज दिन्छ ।

यो गाडीमा ५ क्यामेरा, ५ मिलिमिटर–वेभ राडार र १२ अल्ट्रा सोनिक राडार छन् । यसबाट जेडएडी ड्राइभिङ असिस्टेन्स सिस्टम बनेको छ । यसबाट स्ट्रेट–आउट पार्किङ सहित १० इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स फङसन हुन्छ ।

बजारमा उपलब्ध भए पश्चात यसले हाल विश्व बजारमा लोकप्रिय टेस्लाका इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

हालै अटोकार इन्डियाले भारतमा पाइने १० उत्कृष्ट इलेक्ट्रिक कारको वास्तविक...

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

काठमाडौं– नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा देखिने भएको छ । भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...