सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६औं वार्षिकोत्सव
काठमाडौं – सुजुकीको काठमाडौंमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो...
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा अन्ततः जुन ७ मा लन्च भएको छ । यसअघि महिन्द्रा थारले हार्डकोर अफरोडिङमा एकलौटी राज गरिरहेको थियो । तर अहिले जिम्नी आएपछि थारलाई उछिन्न सक्ने चर्चा चलिरहेको छ ।
महिन्द्रा थार लन्च भएको लामो समय भए पनि नेपाली बजारमा अझै उपलब्ध हुन सकेको छैन । जिम्नी भने भविष्यमा नेपाल आउने अनुमान गर्न सकिन्छ । यी दुईको भिन्नता यस प्रकार छ :
पावर
मारुती सुजुकी जिम्नीमा के सिरिजको १.५ लिटर पेट्रोल इन्जिनको मात्र विकल्प दिइएको छ । सो इन्जिनले १०५ बीएचपीको पावर र १३४ एनएमको टर्क उत्पादन गर्छ । कारमा स्ट्यान्डर्ड फिचरको रूपमा फोर ह्विल दिइएको छ । जबकि थारमा पेट्रोल र डिजेल गरी दुई इन्जिनको विकल्प दिइएको छ । थारको पेट्रोल भेरिएन्टमा १९९७ सीसीको ४ सिलिन्डर इन्जिन र डिजेल इन्जिनमा टर्बोचार्ज २१८४ सीसी ४ सिलिन्डर इन्जिन दिइएको छ । थारमा फोर ह्विलको विकल्प वैकल्पिक रुपमा दिइएको छ ।
ट्रान्समिसन
जिम्नीमा अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ तर यो ४ स्पिड गियरबक्स मात्र हो । जबकि थारमा कम्पनीले ६ स्पिड अटोमेटिक ट्रान्समिसन दिएको छ । थारको पेट्रोल र डिजेल दुबै मोडलमा अटो ट्रान्समिसन उपलब्ध छ । साथै, जिम्नीलाई म्यानुअल ट्रान्समिसनमा ५ स्पिड गियरबक्स र थारमा ६ स्पिड गियरबक्स दिइएको छ ।
माइलेज
जिम्नीले १७ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । जबकि थारको पेट्रोल र डिजेल दुबै इन्जिनले १२ देखि १३ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।
मूल्य
जिम्नी १२ लाख ७४ हजार भारु मूल्यमा लन्च गरिएको थियो । यसको टप मोडलको मूल्य १५ लाख ५ हजार छ । कम्पनीले जिम्नीका ५ भेरिएन्ट बजारमा ल्याएको हो । थारको मूल्य १० लाख ५४ हजारदेखि सुरु भएर १६ लाख ७८ हजार भारुसम्म पुग्छ । थार १३ भेरिएन्टमा उपलब्ध छ ।
हार्ड टप र सफ्ट टप
कम्पनीले जिम्नीमा हार्ड टप मात्र दिएको छ । यसको रुफ हटाउन सकिँदैन । जबकि थारमा कम्पनीले हार्ड टप र सफ्ट टप दुवै भेरिएन्ट उपलब्ध गराएको छ ।
कम्फर्ट
जिम्नी ५ डोर एसयूभी हो । त्यसैले यसको पछाडिको सिटमा बस्न सजिलो हुन्छ । थार केवल ३ डोर भेरिएन्टमा मात्र उपलब्ध छ । यस्तो अवस्थामा अगाडिको सिट तानेपछि मात्र पछाडिको सिटमा जान सकिन्छ । जिम्नीलाई अफरोडरका साथै पारिवारिक कारका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
तौल
जिम्नीको तौल १५४५ केजी छ भने थारको तौल १७०० केजीभन्दा बढी छ । जिम्नीलाई अफरोडिङका साथै शहरी ड्राइभिङमा पनि प्रयोग गर्न सकिन्छ । थारको तौल बढी भएको हुनाले यसको प्रत्यक्ष असर माइलेज पर्छ ।
ग्राउन्ड क्लियरेन्स
जिम्नीको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ भने थारको ग्राउण्ड क्लियरेन्स २२६ एमएम छ ।
काठमाडौं – सुजुकीको काठमाडौंमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो...
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
काठमाडौं – सुजुकी गाडीको नेपालका लागि आधिकारिक बितरक सिजी मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...