यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल इन्फिल्डको नयाँ दुई मोडलका बाइकको विक्री शुभारम्भ गरेको छ ।
रोयल इन्फिल्डको पछिल्लो उत्पादन क्लासिक ३५० र रोयल इन्फिल्ड स्क्राम ४११ नयाँ भेरिएन्टका बाइक बुटवलमा विक्रीका लागि सार्वजनिक गरिएको हो ।
क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने रोयल इन्फिल्ड स्क्राम ४११ को बजार मूल्य ६ लाख ६० हजार रुपैयाँ कायम गरिएको प्रतिष्ठानले जनाएको छ ।
नयाँ बजेटमा २०० सीसी भन्दामाथिको सरकारी दस्तुर घटेकाले नयाँ लञ्च गरिएका बाइकहरू बजेट अगाडीका मूल्यको तुलनामा १ देखि डेढ लाख सस्तो पर्न गएको रोयल इन्फिल्डको अधिकृत विक्रेता गैरे प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए । नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा मूल्य घटेर आएको उनले बताए।
नयाँ लञ्च गरिएका मोडेलहरूको प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रीय पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका सदस्य प्रेम गैरेले बाइकको पर्दा हटाएर औपचारिक रुपमा विक्री शुभारम्भ गरेका थिए ।
सो बाइकमा स्लिक हेडल्याम्प कभर सानो ट्यांकी एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्याब ह्याण्डल छन् । स्क्रामको फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर छन् । यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम छ । रोयल इन्फिल्डको नयाँ स्क्रायाम्बलरको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । रोयल इन्फिल्ड स्क्राम ४११७ रंगमा उपलब्ध छ, जसमा ग्रेफाइट थिम ३ रङमा उपलब्ध छ ।
स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्युमेन्ट कन्सोल एक सेमी डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्युमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ । ब्रेकिङ सिस्टमको लागि फ्रन्टमा ट्विन पिस्टन क्यालिपरसहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपरसहित २४० एमएम डिस्क छ ।
सो बाइक मानकको रूपमा ड्युअल च्यानल एवीएसको साथ आउँछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फ्रेममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क ९१९० एमएम विल ट्राभल र रियरको लिंकेज भएको मोनोसक ९१८० एमएम विल ट्राभलमा सस्पेन्ड गरिएको छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । यसैगरि क्लासिक ३५० सिसिमा बीएसओ रहेको र यसको क्षमता ३४९ सीसी साथै एफआई इन्जिन रहेको छ, जसले २०२ बीएचपी पावर तथा २७ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएकाे छ ।
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
रोयल इन्फिल्डले नयाँ गोआन क्लासिक ३५० मोटरसाइकल भारतीय बजारमा लन्च गरेको...
रोयल इन्फिल्डले भारतीय बजारमा ३५० सीसी देखि ६५० सीसीको नयाँ बाइक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...