स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने

काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले किनेको ६ महिना पश्चात मात्र किस्ताबन्दी अर्थात ईएमआई भुक्तानी गर्दा हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो अफर उपलब्ध गराइरहेको छ ।

मन्दीको समयमा ग्राहकको आवश्यकतालाई मनन गरी यो अफर ल्याएको कम्पनीको भनाइ छ । अहिले भइरहेको गाडीलाई अपग्रेड गरी युरोपियन ब्रान्ड र सुरक्षित सवारीको रुपमा स्कोडा कुशाक चढ्न चाहनेहरु यसबाट लाभान्वित हुनेछन् ।

नेपाली बजारमा म्यानुअल र अटोमेटिक गरी दुई भर्सनमा स्कोडा कुशाक उपलब्ध छ । म्यानुअलमा पनि एक्टिभको मूल्य ४९ लाख ९० हजार, एम्बिसनको मूल्य ५७ लाख ९० हजार र स्टाइलको ६७ लाख ९० हजार रुपैयाँ छ भने अटोमेटिकमा उपलब्ध एम्बिसनको मूल्य ६४ लाख ९० हजार र स्टाइलको ७४ लाख ९० हजार रुपैयाँ छ ।

शुरुमा ३० प्रतिशत डाउन पेमेन्ट गरेर वा आफूसँग रहेको कुनै पनि ब्रान्डको पुरानो कारसँग एक्सचेन्ज गरेर नयाँ स्कोडा कुशाक लिन सकिन्छ ।

कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । साथै पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, -याप–अराउन्ड एलडी टेललाइट छ ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन छ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि छ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । साथै इएससी सबै भेरिएन्टमा छ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि छ ।

स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन छ जसले ११५ बीएचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...

युरोपेली ब्रान्ड स्कोडाले मनायो युरोपेली शैलीमा क्रिसमस

युरोपेली ब्रान्ड स्कोडाले मनायो युरोपेली शैलीमा क्रिसमस

काठमाडौं – नेपाली बजारमा युरोपेली राष्ट्र चेक रिपब्लिकमा उत्पादित स्कोडा...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...