यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च होला भनेर धेरैले चासो राखिरहेको अवस्थामा यसको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अन्य मोटरसाइकल र स्कुटरको साथमा सो इलेक्ट्रिक स्कुटरको मूल्य समेत संलग्न गरी एक दैनिक पत्रिकामा मूल्य सूची प्रकाशित गरेको छ ।

सो अनुसार टीभीएस आईक्युबको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यद्यपि कम्पनीले स्कुटर लन्च गर्ने समय सम्म यो मूल्य परिवर्तन पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । सार्वजनिक गरिए अनुसार टीभीएस आईक्युबमा ४.४ किलोवाटको मोटर हुनेछ ।

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर भारतमा लन्च भएको लामो समय भए पनि नेपाली बजारमा भने उपलब्ध भएको छैन । जगदम्बा मोटर्सले सो इलेक्ट्रिक स्कुटर हाल परीक्षण भइरहेको बताएको छ । मूल्य सूची सार्वजनिक भएसँगै यसको लन्चिङ समय पनि नजिकिएको अनुमान गरिएको छ ।

सो इलेक्ट्रिक स्कुटर ४.२ सेकेन्डमा ४० किलोमिटर प्रतिघन्टाको स्पिडको रेन्ज लिने क्षमताको रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा २.२४ केडब्ल्युएच क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । फुल चार्जिङमा सो स्कुटरले ७५ किलोमिटरको दुरी तय गर्छ । उक्त व्याट्री फुल चार्ज हुनको लागि ५ घन्टाको समय लाग्छ ।

फिचरको लागि सो स्कुटर कम्पनीको नेक्स्ट जेनेरेशन टीभीएस स्मार्टएक्स्कनेक्ट प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । यसको साथै यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध रहेको छ ।

सो स्कुटरमा जियो फेसिङ, नेभिगेसन असिस्ट, रिमोट व्याट्री, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट/एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड तथा रिजनरेटिभ ब्रेकिङ जस्ता इनोभेटिभ फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

एरोमा इलेक्ट्रिक स्कुटर बिक्री शुभारम्भ हुँदै, यस्तो छ विशेषता

विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्री...

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट, २५ प्रतिशत विशेष छुट

दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट, २५ प्रतिशत विशेष छुट

काठमाडौं–दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...