सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ इलेक्ट्रिक कार ई–सी३ को बुकिङ खुला गरेको छ । विश्व वातावरण दिवसको अवसरमा बुकिङ खुला गरिएको बताइएको सो इलेक्ट्रिक कारको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट शुरु हुने बताइएको छ ।

इलेक्ट्रिक कार ई–सी३ हालै भारतीय बजारमा लन्च भइसकेको छ । नेपालमा यसको व्यग्र प्रतीक्षा भइरहेको समयमा बुकिङ खुला गरिएको हो ।

गत फागुनमा मात्र भारतमा लन्च गरिएको सो इलेक्ट्रिक कारको मूल्य भारतमा ११ लाख ५० हजार भारु देखि सुरु हुन्छ ।

४२ किलोवाटको मोटर रहेको यो इलेक्ट्रिक कार लाइभ, फिल, फिल भाइब प्याक, फिल ड्युअल–टोन भाइब गरी ४ भेरिएन्टमा उपलब्ध छ ।

सिट्रोन ई-सी३ मा २९.२ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ । जसले ५७ बीएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ । सिट्रोनलको सो ईभीले ८ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ ।

सो ईभीको ब्याट्रीलाई फुल चार्ज गर्न १० घण्टाको समय लाग्छ भने डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५९ मिनेटको समय लाग्छ । एक पटक फुल चार्ज भइसकेपछि सो कारले ३२० किमीको रेन्ज प्रदान गर्छ ।

कम्पनीले यसमा अटोमेटिक ड्राइभको लागि ई–टगल स्विच दिएको छ । सामान राख्नको लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ । यसमा ३५ स्मार्ट फिचर, २६ सेमी टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, एलईडी डीआरएल फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

सामाजिक सञ्जालमा यात्रीको भाँचिएको च्यासिस भाइरल, वास्तविकता यस्तो भएको यात्रीको स्पष्टोक्ति

सामाजिक सञ्जालमा यात्रीको भाँचिएको च्यासिस भाइरल, वास्तविकता यस्तो भएको यात्रीको स्पष्टोक्ति

सामाजिक सञ्जालमा हाल यात्री मोटरसाइकलको एउटा बाइकको च्यासिस भाँचिएको र...

नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७ एल, ३ लाख छुटका साथ यस्तो छ मूल्य

नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७ एल, ३ लाख छुटका साथ यस्तो छ मूल्य

काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल...

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...