फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी
जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...
काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका इलेक्ट्रिक माइक्रो बस अर्थात विद्युतीय भ्यानको भन्सार शुल्क बढाइएको छ । यस अघि यी सवारी साधनमा १ प्रतिशत मात्र भन्सार शुल्क रहेकोमा अब १० प्रतिशत पु-याइएको छ ।
नयाँ व्यवस्था अनुसार ड्राइभर समेत १० वा सो भन्दा बढी यात्रुहरु बोक्ने मोटर गाडी र ११ देखि १४ सम्म सिट भएका धक्का दिने मोटर मात्र भएका सवारी साधनमा १० प्रतिशत भन्सार लाग्ने छ ।
यो भन्दा पहिले व्यवसायीहरुले केही सिट फोल्ड गरेर ९ सिट मात्र भएको सवारी साधन भन्दै समेत आएका थिए । यसका कारण भन्सार शुल्कको वारेमा विवाद समेत भएको थियो । पछि यसलाई ११ सिट नै मानेर पुरै भन्सार शुल्क अर्थात १० प्रतिशत नै तिर्ने व्यवस्था भएको थियो ।
यसबाट अब सिट विवाद भने समाप्त भएको छ । तर विशेष गरी सार्वजनिक यातायातमा प्रयोग गरिने विद्युतीय भ्यानमा लगाइएको करको कारण सार्वजनिक यातायातको भाडा बढ्ने मात्र होइन, वातावरणमैत्री सवारी साधन प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारमा समेत असर पुग्ने उनीहरुको भनाइ छ ।
नेपाली बजारमा दीगो, चांगन, फोटोन आदि ब्रान्डका विद्युतीय माइक्रो भ्यान उपलब्ध छन् । सार्वजनिक सवारीका लागि समेत प्रयोग भएका यी भ्यानको प्रयोग पछिल्लो समयमा बढ्दै गएको छ ।
जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...
टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको...
जिली अटोले २०२६ सम्ममा चीनको सर्वाधिक बिक्री हुने अटोमोटिभ ब्रान्ड बन्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...