आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल कार बन्यो निसान म्याग्नाइट
आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने...
निसान इन्डियाले आफ्नो कम्प्याक्ट एसयूभी म्याग्नाइटको गिजा एडिसन ७ लाख ३९ हजार भारुमा लन्च गरेको छ । यसलाई बेस स्पेक १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनमा लन्च गरिएको हो ।
जापानमा गिजाको अर्थ अफ स्टेज संगीत र साउन्ड इफेक्ट हुन्छ । सो कारको अधिकाशं अपडेट इन्फोटेनमेन्टमा गरिएको छ । सो कारले सुजुकी ब्रेजा, हुन्डाई भेन्यु जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
म्याग्नाइट गिजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोयड अटो र एप्पल कारप्ले, जेबीएल साउन्ड सिस्टम, रियर पार्किङ क्यामेराको साथमा ट्रजेक्टरी गाइडलाइन, एम्बिएन्ट लाइटिङ, शार्क फिन एन्टिना र बेज कलर अपहोस्ट्री जस्ता फिचर रहेको छ ।
म्याग्नाइट गिजा एडिसनलाई सिंगल बेस पेट्रोल इन्जिनमा लन्च गरिएको हो । सो इन्जिन ७२ पीएसको पावर भएको नेचुरल्ली एस्पिरेटेड युनिटमा उपलब्ध छ । यसलाई ५ स्पिड म्यानुअल ट्रान्समिशनसँग जोडिएको छ ।
म्याग्नाइटमा १०० पीएस पावर भएको १ लिटर टर्बाे पेट्रोल इन्जिन पनि उपलब्ध छ । जसलाई ५ स्पिड म्यानुअल वा सीभीटी गियरबक्ससँग जोडिएको छ ।
आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने...
नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय मोडलको रुपमा चर्चामा रहेको निसान...
निसानले चीनमा निर्मित आफ्नो पहिलो पिकअप ट्रक लन्च गरेको छ । झेङझाउ निसानले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...