अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले विद्युतीय गाडीका करको दरमा दुईपटक परिवर्तन गरेका बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको अस्थिर नीतिका कारण देशको अर्थतन्त्र बलियो हुन नसकेको बताएका हुन् ।

उनले भने, “अघिल्लो सरकारले लिएको नीति पछिल्लो सरकारले परिवर्तन गर्छन् । त्यसको असर विद्युतीय सवारीमा परेकाे उदाहारण हामीले देख्न सकिन्छ । त्यसकारण राज्यले लिने नीतिमा स्थायित्व भएन भने उद्यमी, व्यावसायीको मनोबल खस्किन्छ ।"

आर्थिक वर्ष २०७९| ०८० मा शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखिएको छ । एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ ।

यसैगरी तीन सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ६०/६० प्रतिशत कायम गरिएको छ । यी दुबै जोड्दा एक सय २० प्रतिशत राजस्व तिर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने...

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...

सेरेसको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम नक्सालमा

सेरेसको नयाँ ‘स्टेट अफ आर्ट’ सोरुम नक्सालमा

काठमाडौं– सेरेस इभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...