सामाजिक सञ्जालमा यात्रीको भाँचिएको च्यासिस भाइरल, वास्तविकता यस्तो भएको यात्रीको स्पष्टोक्ति

सामाजिक सञ्जालमा हाल यात्री मोटरसाइकलको एउटा बाइकको च्यासिस भाँचिएको र सडकमा लमतन्न परेको तस्बिर भाइरल बनेको छ । यही तस्बिर सेयर गर्दै धेरैले यात्री मोटरसाइकलको गुणस्तरीयता वारेमा प्रश्न गरिरहेका छन् ।

यही कुरालाई मध्यनजर गरी यात्री मोटरसाइकल्सले एक सूचना सार्वजनिक गरेको छ । यस अनुसार यात्रीले आन्तरिक रुपमा नयाँ पार्ट्स र सिस्टमको परीक्षण गरिरहेको हुने र यस अन्तर्गत नै टेस्ट इन्जिनियरहरुले यस्तै च्यासिस परीक्षण गरिरहेको तथा यो अझै पूरा भइनसकेको यात्रीले बताएको छ । सो तस्बिर पनि परीक्षण भइरहेको मोटरसाइकलको भएको कम्पनीको भनाइ छ । यही अनुसार यात्रीले तयार भइरहेको च्यासिसको तस्बिर समेत सार्वजनिक गरेको छ ।

कम्पनीले फोटोको वास्तविकता नबुझेरै इन्टरनेटमा तस्बिरको वारेमा भ्रम फैलिएको जनाएको छ ।

यसबाट सिर्जित दुविधा तथा अन्यौल स्पष्ट पार्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

इन्जिन सवारीलाई इलेक्ट्रिकमा रूपान्तरणः प्राविधिक पक्ष, अवसर, चुनौती र दीर्घकालीन आवश्यकता

हाल नेपालमा इन्जिन भएका सवारी साधनलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...