वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार एक महिनामै यति धेरै विद्युतीय कार भित्रिएका हुन् । यो भन्दा पहिले चैत सम्म २ हजार ४५१ विद्युतीय कार भित्रिएका थिए ।

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको १० महिनामा २ हजार ९५५ वटा विद्युतीय कार आयात भएको छ। १० महिनाको अवधिमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका २ हजार ९५५ वटा विद्युतीय कार आयात भएको हो। आयात भएका सो संख्यामध्ये सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमताका विद्युतीय कार छन्।

१० महिनामा भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आयात भएको तथ्यांक छ। आयात भएका सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार हुन्।

१ सय किलोवाट क्षमतासम्म मोटर भएका २ हजार ८८२ वटा विद्युतीय कार आएका छन्। १ सयदेखि २ सय किलोवाटसम्म ६६ वटा र २ सय किलोवाटभन्दा माथिका ७ वटा विद्युतीय कारछन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका थिए । जसले गर्दा १०० किलोवाटमाथिको जिप, कार र भ्यान आयातमा निकै प्रभाव परेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा...

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...

एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...