नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ को दर्तामा फेरि समस्या

काठमाडौं – नेपालमै उत्पादन भएर दर्ता प्रक्रियामा रहेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ को दर्तामा फेरि समस्या खडा भएको छ ।

यात्री मोटरसाइकलले आफ्ना बाइकहरूको भ्याट बिल एक वर्ष अघि नै जारी गरेको थियो । सोही मितिलाई आधार बनाएर यातायात कार्यालयले प्रति बाइक २२ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लगाउन खोजिएको बताइएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताए ।

विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।’

उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ रु भनेर पनि प्रश्न गरे । यो विषय उद्यमीसँग मात्र पनि सम्बन्धित नभई स्वदेशी उत्पादन प्रयोग गर्न चाहने उपभोक्तासँग पनि सम्बन्धित भएको बताए ।

उनले भने, ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।

यो भन्दा पहिले यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषयलाई लिएर धेरै आलोचना भएको थियो ।

लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको थियो ।

सो निर्देशिकामा थपिएको नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।

सम्बन्धित समाचारहरू

ईभीमा प्रयोग गरिने फ्रेम, स्विङग्राम र हब माउन्टेड मोटर्समा के फरक छ ?

ईभीमा प्रयोग गरिने फ्रेम, स्विङग्राम र हब माउन्टेड मोटर्समा के फरक छ ?

पेट्रोल र डिजेलको मूल्य बढेसँगै अहिले अधिकांश मानिस ब्याट्रीबाट चल्ने...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...