टुँडीखेलदेखि धुलिखेलसम्म साइकल र्याली सम्पन्न

काठमाडौं – नासा नेपाल र साइकल कल्चर मुभमेन्ट नेपाल तथा धुलिखेल नगरपालिका समेतको साझेदारीमा टुँडीखेल टु धुलिखेल साइकल र्याली सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको परिसर टुँडीखेलबाट सुरु भएको साइकल र्याली दिउसो धुलिखेल बजार परिक्रमा गर्दै नगरपालिका पुगेको छ ।

साइकल लेन निर्माण, ऐन कानुनको परिमार्जन, आवश्यक बजेट बिनियोजन तथा साइक्लिस्ट सुरक्षा जस्ता विषयको उठान गर्ने हेतुले आयोजित साइकल र्याली लाई डा. तारालाल श्रेष्ठ , इ. सुयोग खनाल , नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले सुभारम्भ गरेका थिए। र्यालीमा लगभग ३०० साइक्लिस्टहरुको सहभागिता रहेको नासा नेपालले जनाएको छ ।

ग्लोबल एलायन्स फर रोड सेफ्टी एनजिओ र अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसननको साथै अन्तर्राष्ट्रिय मोटर साइक्लिङ्गको समेत राष्ट्रिय संघ हो नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल ), जसले विगत १५ बर्ष देखि नेपालमा मोटर, मोटर साइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहेको छ । जसले सन् २००८ को स्थापनासंगै दोस्रो सडक सुरक्षा सप्ताह लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु र अभियानहरुमा सक्रियता देखाइरहेको छ ।

सोही सन्दर्भमा विश्वभरि नै सातौँ सडक सुरक्षा सप्ताहको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरुका साथ मनाइँदै छ । यसै हप्ता अर्थात मे १५ देखि मे २१ सम्म नेपालमा समेत नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल र नास फाउन्डेसनसँगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम राष्ट्रिय रुपमै आयोजना भइरहेको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद

नासा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मस्कुर अहमद

बुटवल – मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा...

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको टोली प्रस्थान...

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...