महिला लक्ष्यित कोमाकी फ्लोरा प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १४ हजार छुट अफर

काठमाडौं – जापनिज प्रविधिद्वारा भारतमा उत्पादन हुने कोमाकी ईभीको नयाँ इलेक्ट्रिक स्कुटर ‘फ्लोरा’ नेपाली बजारमा उपलब्ध भएको छ । कोमाकीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले सो स्कुटर नेपालमा उपलब्ध गराएको हो ।

विशेष गरी महिलाहरुलाई लक्ष्यित गरी तयार पारिएको सो स्कुटर नेपाली महिलाहरुको हाइट देखि राइडिङ ह्याबिट सम्मका लागि उपयुक्त भएको कम्पनीको भनाइ छ । कोमाकी फ्लोरा स्टाइल, कार्यक्षमता र प्रिमियमनेसको एक उत्तम सम्मिश्रण हो ।

सो स्कुटरमा २ हजार ८ सय वाटको मोटर र २.१०८ किलोवाट आवरको लिपो फोर डिट्याचेबल ब्याट्री छ । कोमाकी फ्लोराले सिंगल चार्जमा १०० किलोमिटरको दुरी तय गर्ने युनिटी ट्रेडिङ कन्सर्नले दावी गरेको छ ।

कोमाकी फ्लोरामा इको, स्पोर्ट र टर्बो गरी तीन वटा गियर मोड छन् । राइडरले आवश्यकता अनुसार मोड स्विच गरी प्रयोग गर्न सक्छन् ।

त्यसैगरी यसमा मल्टिपल सेन्सर तथा वायरलेस तरिकाले अपडेट गरिएका विभिन्न फिचर छन् । यसममा एन्टी स्किड टेक्नोलोजी, लङ कम्फर्टेबल सिट, एडिसनल ब्याकरेस्ट, ड्युअल फुट रेस्ट जस्ता फिचर छन् ।

कोमाकी ईभी नेपालले हाल सो स्कुटरको मूल्य २ लाख ६९ हजार रुपैयाँ तोकेको छ । तर सीमित अवधिका लागि यो स्कुटरमा १४ हजार रुपैयाँ छुट अफर उपलब्ध गराइएको युनिटी ट्रेडिङ कन्सर्नका सेल्स हेड उमेश अधिकारीले बताए । यस अनुसार यो स्कुटर हाल २ लाख ५५ हजार रुपैयाँमै उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम...

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

काठमाडौं – विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै...

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...