पोखरामा साइकल सुरक्षा र मिडियाबारे अन्तरक्रिया सम्पन्न

7th UN Global Road Safety Week को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो । संचारिका समूह गण्डकी प्रदेशले नासा फाउण्डेसनको सहकार्यमा सम्पन्न  ‘Media Role for Rethink Mobility & Cycle Safety and Sustainability’ नामक अन्तरकृयामा सरकारी तथा नागरिक तहबाट गर्नुपर्ने कार्यको बारेमा बृहत छलफल गरियो । 

ग्लोबल NGO Alliance for Road Safety तथा नासा नेपालको सहयोगमा सम्पन्न सो कार्यक्रममा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता टिकाराम पौडेल, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना, नासा फाउण्डेसनकी वोर्ड मेम्बर कमला आचार्य लगायतले आ–आफ्नो कार्यपत्र पेश गरेका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका, संचारिका समूह, पत्राकार महासंघ तथा मानवअधिकारवादीहरुले समेत दिगो र सुरक्षित यातायातका लागि मिडियाको भूमिका तथा सार्वजनिक यातायातको प्रबर्दनको बारेमा चर्चा गरेका थिए ।

७५ जना मिडियाकर्मी, साइक्लिष्ट र विज्ञहरु सहभागी उक्त कार्यक्रममा पोखरा साइकल सोसाइटीका प्रकास बज्राचार्य तथा संचारिका समूह गण्डकी प्रदेशकी अध्यक्ष कविता श्रेष्ठले सहजीकरण र निष्कर्ष प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको दिगो, सुरक्षित र वातावरणमैत्री मोविलिटिका लागि यस कार्यक्रमले सकारात्मक अर्थ राख्ने नासा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम) मा नेपाल

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम) मा नेपाल

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडेरेसन (एफआईएम) को वार्षिक सधारण सभा इटालीको...

थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १...

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...