सन् २०२२ मा बिक्री भएका टप १० इलेक्ट्रिक कार : टेस्लाका दुई र बीवाईडीका चार मोडल सूचीमा

सवारी साधन सम्बन्धी लोकप्रिय वेबसाइट मोटर १ ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार टेस्ला मोडल वाई बनेको छ ।

टेस्ला मोडल वाई यो वर्ष ७ लाख ४७ हजार ५ सय युनिट बिक्री भएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष टेस्ला मोडल वाई २३ प्रतिशत बढी बिक्री भएको हो ।

दोस्रो नम्बरमा पनि टेस्लाकै मोडल ३ रहेको छ । ४ लाख ८२ हजार २ सय युनिट बिक्री भए पनि यसको बिक्री भने यो वर्ष ३ प्रतिशतले घटेको छ ।

तेस्रो नम्बरमा वुलिङ होङगुवाङ मिनी ईभी रहेको छ । सो मिनी ईभी १४ प्रतिशत बढी अर्थात ४ लाख ४३ हजार ४ सय युनिट बिक्री भएको छ ।

चौथो र पाँचौ नम्बरमा बीवाईडी डल्फिन र एट्टो ३ रहेका छन् । बीवाईडी डल्फिन ९१६ प्रतिशत बढी बिक्री भएका छन् । यस अनुसार सो कार २ लाख ५ हजार २ सय युनिट बिक्री भएका छन् ।

बीवाईडी एट्टो ३ चीनमा युआन प्लस ब्रान्ड नेममा बिक्री हुन्छ । यो नयाँ इलेक्ट्रिक कार हो । यो वर्ष सो कार १ लाख ८० हजार ६ सय युनिट बिक्री भएको छ ।

छैटौं नम्बरमा फक्सवागन आईडी ४, सातौ नम्बरमा बीवाईडी किन र आठौ तथा नवौ नम्बरमा एइओन वाई र एईओन एस रहेका छन् ।

दशौं नम्बरमा फेरि बीवाईडी नै रहेको छ । बीवाईडी हान ईभी दशौ नम्बरमा रहेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिकल डायग्नोस्टिक्सका लागि नयाँ इलेक्ट्रिक टेस्ट बेन्च सार्वजनिक

इलेक्ट्रिकल डायग्नोस्टिक्सका लागि नयाँ इलेक्ट्रिक टेस्ट बेन्च सार्वजनिक

काठमाडौँ । आईएमई मोटर्सले इलेक्ट्रिकल टेस्टिङ र डायग्नोस्टिक्स विकास...

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक...

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...