टाउकोमा चोट लाग्दा १८ लाख सम्म खर्च हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक

सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धी टाउकोको चोटपटक र हेल्मेटको महत्व बारे अध्ययन प्रतिवेदन हालै काठमाडौँमा सार्वजनिक गरिएको छ ।

अन्तर्राष्टिय अटोमोबाइल फेडरेसन (एफआईए) र नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा तयार पारिएको सो अध्ययन प्रतिवेदन डा. पुष्प राज पन्त, डा. समन अर्याल, ई. सुयोग खनाल, सुवास भट्टराई र ईश्वर बल्लभ उप्रेतीको समूहले तयार पारेको हो ।

प्रतिवेदनमा २०७९ सालको वैशाख, जेठ र असार महिनामा काठमाडौको ट्रमा सेन्टर, शहिद स्मारक र मनमोहन मेमोरियल अस्पतालमा सडक दुर्घटनामा घाइते भएका ४१९ जनाको अध्ययन समेटिएको छ ।

अध्ययन अनुसार कुल ४१९ घाइते मध्ये मोटरसाइकल र दुई पांग्रे सवारीसाधन प्रयोगकर्ता सबै भन्दा बढी ३४९ घाइते भएका थिए । ती मध्ये २३२ (६६ प्रतिशत) चालकको रुपमा रहेका थिए । त्यसैगरी घाइते भएका ७३ जना चालकको पछाडि बस्ने पिलियन राइडरको रुपमा रहेका थिए भने ४४ जना पैदलयात्रुको संलग्नता थियो ।

२३२ मोटरसाइकल चालकहरू मध्ये १४ प्रतिशतलाई टाउकोमा चोटपटक भएको थियो भने ५५ प्रतिशतको हात खुट्टामा चोटपटक भई उपचार गरिएको थियो ।

त्यसैगरी ७३ पिलियन राइडर मध्ये ३७ प्रतिशतको टाउकोको, ३८ प्रतिशतको हात खुट्टाको र १ प्रतिशतको स्पाइनल चोटहरूको लागि उपचार गरिएको थियो ।

टाउकोमा चोट लागेको ६२ जना घाइतेहरु मध्ये एकजनाको मृत्यु भएको थियो, एक कोमामा, दुई स्थायी रूपमा घाइते, तीन उपचारार्थ र ५५ जनाको निको भएको थियो । सबै प्रकारका चोटहरूमा पुरुषको संख्या बढी थियो ।

टाउकोमा चोट लागेका बिरामीहरूको उपचार निम्ति ३ हजार देखि १८ लाख रुपैयाँ सम्म खर्च लागेको सो अध्ययनले देखाएको छ भने घाइतेहरु औसतमा २३ दिन अस्पतालमा उपचारको निम्ति बसेका देखिन्छन् ।

यसले पीडितहरुको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा समेत अकल्पनिय असर परेको दर्शाउँछ ।

प्रतिवेदनले दुई पांग्रे सवारी साधन प्रयोग गर्दा राइडर र पिलियन राइडर दुबैले गुणस्तरीय हेल्मेटको सही प्रयोगले टाउकोमा हुन सक्ने चोटपटकको सम्भावना निकै कम हुने देखाएको छ । साथै सडक दुर्घटना पश्चात गरिने आपत्कलीन उद्दारका वर्तमान अवस्थालाई पनि सुधार गर्नुपर्ने कुरा औल्याएको छ ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण...

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...