नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश
काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...
काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरियो ।
नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरियो ।
प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा एलायन्सकी उपाध्यक्ष रंगमती शाही, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले सो साप्ताहिक कार्यक्रमको शुभारम्भ गरे ।
त्यसैगरी इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, नासा नेपालका केन्द्रीय सदस्य चाँदमाला मास्के र विनोद तण्डुकर तथा रोड सेफ्टी अनुसन्धानकर्ता डा.पुष्पराज पन्त, डा. भगवती सेढाई, डा. समन अर्याल, गजेन्द्र बुढाथोकी लगायतबाट समेत शुभारम्भ गरिएको सो कार्यक्रममा सबैले आ–आफ्नो धारणा राखेका थिए ।
इन्जिनियरिङ, चिकित्साशास्त्रका प्राध्यापक तथा विद्यार्थी, मोटरसाइकल राइडर्स तथा मिडियाकर्मीका बीच विश्वव्यापी अभियानको पोस्टर सार्वजनिक गरी सो अभियान शुरु गरिएको हो ।
Re-thinking mobility मूल नारा रहेको यस पटकको सडक सुरक्षा सप्ताहको मूल थिममा विभिन्न विज्ञहरुका बीचमा अन्तरक्रिया समेत भएको उक्त कार्यक्रमका वक्ताहरुले आधुनिक नेपालको सडक पूर्वाधारको दिगो यातायात वारेमा धारणा राखेका थिए ।
खासगरी डबल र सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल बिधेयक, नेसनल एक्सन प्लान तथा सार्वजनिक यातायात र साइक्लिङ तथा पैदल यात्रु सुरक्षाको वारेमा विभिन्न वक्ताहरुले धारणा राखेका थिए । सो अवसरमा हेल्मेट सुरक्षा सम्बन्धी अध्ययन समेत सार्वजनिक गरिएको थियो ।
सोही कार्यक्रम संखुवासभाको चैनपुर, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, सुदरपश्चिमको गोदावरी, लुम्बिनीको बुटवल तथा वाग्मतीको धुलिखेलमा अन्तरक्रिया गरी साइकल र्याली, सडक सुधार चिन्ह तथा सडक सुरक्षा अडिट सहित साप्ताहिक कार्यक्रम मानाइने नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धुलिखेल र सुर्खेत नगरपालिका, साइकल कल्चर मुभमेन्ट, नासा फाउन्डेसन, संचारिका समूह गण्डकी, सुरक्षित यात्रा अभियान, हेल्पिङ युथ इटहरी, चैनपुर रेडक्रस तथा गण्डकी प्रदेश इन्जिनियर एसोसिएसन समेतको संयुक्त आयोजनामा यो साप्ताहिक कार्यक्रम घोषणा गरिएको हो ।
ग्लोबल एलायन्स फर रोड सेफ्टी एनजिओज्, अन्तराष्ट्रिय अटोमोबाइल्स फेडरेसन तथा नासा नेपालको सहयोगमा देशव्यापी रुपमा यस अभियानले दिगो विकास लक्ष्य तथा सुरक्षित मोबिलिटीको लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ ।
अन्तराष्ट्रिय अटोमोबाइल्स फेडरेसनका काउन्सिल मेम्बर गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा नासा फाउन्डेसनका संयोजक कृष्ण सिंह बस्नेतले निष्कर्ष प्रस्तुत गरेका थिए ।
काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ...
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्सपल्स राइडर...
नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...