एम्पियर स्कुटर अब पोखरामा पनि
पोखरा–भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पियर...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले एउटै इलेक्ट्रिक स्कुटरमा ५० हजार रुपैयाँ छुटको अफर ल्याएको छ ।
याडिया नेपालले Let's make our planet a cleaner, healthier place for generation to comeǃ क्याम्पेन शुरु गर्दै यो अफर ल्याएको हो । यस अन्तर्गत हरेक पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन एक्सचेन्ज गर्दा वा नयाँ विद्युतीय सवारीसाधन किन्दा थप ५० हजार प्रदान गरिने छ । यसबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन छोडेर विद्युतीय सवारीसाधन ‘हेल्दियर प्लानेट’ चाहनेहरुका लागि मौका दिइएको कम्पनीको भनाइ छ ।
पेट्रोलियम पदार्थले वातावरणमा पार्ने प्रतिकूल प्रभाव र त्यसको भण्डारणमा आएको कमीका कारण पनि विश्वबजारले वैकल्पिक इन्धनको विकास गर्नुपर्ने वाध्यता परेको तथा नेपालको प्रसंगमा वैदेशिक मुद्रा सञ्चितिको समस्या समाधान गरी मुलुकको समग्र अर्थतन्त्रको सुधार तथा विकासका लागि पनि विद्युतीय सवारीसाधन वरदान सावित हुने कम्पनीको भनाइ छ ।
सन् २०२० देखि नेपालमा याडिया ब्रान्डको दुइपाँग्रे सवारीसाधन अर्थात विद्युतीय स्कुटरको बिक्रि–वितरण गर्दै आइरहेको कुजु नेपालले काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरका केही मुख्य शहरबाट यी स्कुटर बिक्री–वितरण गरिरहेको छ ।
बिक्री पछिको सेवाका लागि आवश्यक व्यवस्था गरिएको छ । आफ्नै र डिलर नेटवर्कका सर्भिस सेन्टरबाट सर्भिसिङको सुविधा दिइरहेको तथा अप्रत्यासित रुपमा आउने समस्या समाधानका लागि अन द स्पट मै सर्भिस सुविधा दिनका लागि आवश्यक प्राविधिक र कर्मचारीको समेत व्यवस्था गरिएको बताइएको छ ।
पोखरा–भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पियर...
इलेक्ट्रिक सवारी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...