सिंगल चार्जमा १२५ किमी चल्ने गियर भएको ई–बाइक, खुल्यो बुकिङ

ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले भारतको पहिलो गियर भएको इलेक्ट्रिक बाइक एराको लागि बुकिङ खुल्ला गरेको छ । यसको प्रि–बुकिङ मे १७ मा खुल्नेछ । सो बाइकले रिभोल्ट आरभी ४०० र टर्क क्रेटोससँग प्रतिस्पर्धा गर्नेछ ।

सो बाइक २ भेरिएन्ट एरा ५००० र एरा ५०००+ मोडेलमा उपलब्ध छ । कम्पनीले अहिलेसम्म एरा ४००० र एरा ६०००+ को मूल्य र विवरण सार्वजनिक गरेको छैन ।

ई–बाइक एरा ५००० र एरा ५०००+ भेरिएन्टमा ५ केडब्ल्युएचको लिक्विड–कुल्ड ब्याट्री प्याकको विकल्प दिइएको छ । सो बाइकले एकपटक फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिनेछ ।

यसको ब्याट्री प्याक सामान्य चार्जरबाट ५ घण्टामा र फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । ब्याट्रीको तौल करिब ४० किलोग्राम र एरा ई–बाइकको तौल १८० किलोग्राम छ ।

एरा ६०००+ मोडेलमा ६ केडब्ल्युएचको ब्याट्री प्याकको विकल्प छ जसले १५० किलोमिटरको रेन्ज दिन्छ ।

एरामा शार्प र स्कल्प्टेड लुक दिइएको छ । यसमा इन्टिग्रेटेड एलईडी डेटाइम रनिङ लाइटसँग एलईडी हेडल्याम्प दिइएको छ । सो इलेक्ट्रिक बाइकको अगाडि र पछाडि डिस्क ब्रेकसहित एबीएस छ ।

एरा ५००० र एरा ५०००+ मा १० केडब्ल्यु विद्युतीय मोटर छ । यसमा हाइपरसिफ्ट ४ स्पिड म्यानुअल गियरबक्समार्फत पावर उत्पादन गर्छ । सो ई–बाइकले ६ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने कम्पनीको दाबी छ ।

बाइकमा ३ वटा ड्राइभिङ मोड छ । ईको मोडमा यसको टप स्पिड ३० किमी प्रतिघण्टा, सिटी मोडमा ७० किमी प्रतिघण्टा र स्पोर्ट मोडमा ९५ किमी प्रतिघण्टा छ ।

एरामा ४जी, वाईफाई, ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटीए अपडेट, प्रोग्रेसिभ ब्लिंकर र वेलकम लाइट सहितको ७ इन्चको टच–कम्प्याटिबल एलसीडी डिस्प्ले छ । साथै यसमा स्मार्टफोन एप र ९ एक्सिस इनर्सियल मेजरमेन्ट युनिट पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

घरमै इलेक्ट्रिक सवारी साधन चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु, यी गल्तीले ठुलो क्षति हुन सक्छ

धेरै प्रयोगकर्ताहरूले घरमै आफ्नो सवारी साधन चार्ज गर्ने गरेका छन् । तर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...