२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने जिपको नयाँ ७ सिटर एसयूभी मेरिडियनको...
स्कोडा अटोले आफ्नो भावी योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत २०२५ सम्म ६ नयाँ इलेक्ट्रिक कार लन्च गरिनेछ । कम्पनीले सुपर्व र कोडियाकको न्यु जेनेरेसन मोडल पनि लन्च गर्नेछ ।
स्कोडाले ती कारको इमेज पनि सार्वजनिक गरेको छ । दुबै मोडलमा स्लिक एलईडी हेडलाइट र स्लिक एक्सटेरियर एलईडी टेलल्याम्प देखिएको छ । कम्पनीले दुवै कारमा उपलब्ध पावरट्रेन विकल्पको बारेमा पनि जानकारी दिएको छ ।
कम्पनीले दुवै कारको पेट्रोल, डिजेल, माइल्ड र प्लगइन हाइब्रिड भर्सन पनि उपलब्ध गराउनेछ । कम्पनीले सुपर्व र कोडियाकको नयाँ जेनेरेसन मोडल २०२३ को अन्त्यसम्ममा लन्च गर्नेछ । स्कोडाले यी दुवै कारको इन्टेरियर पुनः डिजाइन गरिएको जानकारी दिएको छ ।
सुपर्वको चौथो जेनेरेसन मोडल स्लोभाकियाको ब्राटिस्लाभामा फक्सवागन ग्रुपको प्लान्टमा निर्माण गरिनेछ । कोडियाकको यो सेकेन्ड जेनेरेसन मोडल हुनेछ र यो चेक गणतन्त्रको स्कोडा प्लान्टमा बनाइनेछ ।
कम्पनीले सन् २०२६ सम्ममा ४ वटा नयाँ विद्युतीय कार ल्याउने घोषणा पनि गरेको छ । यसमा ४.१ मिटर सानो एसयूभी देखि कम्प्याक्ट एसयूभी, कम्बी वागन र ४.९ मिटर लम्बाई भएको एमपीभीसम्मको हुनेछ । बाँकी २ इन्याक र इन्याक कुपेको अपडेटेड मोडल हुनेछ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने जिपको नयाँ ७ सिटर एसयूभी मेरिडियनको...
स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाक आगामी जुन २८ मा भारतमा लन्च हुने...
जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...