फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ । आइडी सिरिजका इभी निर्माण गरेर युरोपेली बजारमा राम्रो उपस्थिती जनाइरहेको यो व्रान्डले आफ्नो लोकप्रिय एसयूभी टिगुवानलाई इभी अवतारमा ल्याउने तयारी थालिसकेको जनाइएको छ । टिगुवानको इभी अवतारलाई कम्पनीले सन् २०२५ मा लन्च गर्ने योजना बनाएको हो ।

यो नयाँ इभीलाई फक्सवागनले हाल प्रयोगमा आएको एमइवी प्लेटफर्मलाई अझै सुधार गरेर तयार पारेको एमइवी प्लस प्लेटफर्ममा निर्माण गर्ने भएको छ । जुन प्लेटफर्ममा उसले नाम उल्लेख नभइसकेको अर्को सानो इभी एसयूभी र वाँकी तीनवटा नयाँ इभीलाई समेत तयार पार्ने जनाएको छ । यी वाँकी इभी २०२८ भित्र बजारमा आइसक्ने छन् ।

टिगुवानको इभी अवतारबारे कम्पनीले हालसम्म औपचारिक रुपमा कुनै विवरणहरु सार्वजनिक नगरिसके पनि यसमा रियर ह्विल र फोर ह्विल ड्राइभको विकल्प उपलब्ध हुन सक्ने जनाइएको छ । साथै यो नयाँ इभी ५ र ७ सीटरमा उपलब्ध हुनेछ ।

फक्सवागनले यसमा नयाँ प्रविधीको ‘यूनिफाइड ब्याट्री सेल’ लाई प्रयोगमा ल्याउने तयारी गरेको छ । यद्यपी यो नयाँ इभीमा कम्पनीले कुन साइजको ब्याट्री प्रयोग गर्न लागेको हो भन्ने विषयमा भने कुनै जानकारी वाहिर ल्याएको छैन । एमइवी प्लस प्लटेफर्मममा तयार हुने कारण यसको ब्याट्रीलाई एकदमै छिटो चार्ज गर्न सकिने वताइएको छ । यो इभीले सिंगल चार्जमा ५२१ किलोमिटर रेन्ज दिनसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा...

यस्ता छन् भारतमा लन्च हुने तयारीमा रहेको रेकर्ड ब्रेकिङ ओला इलेक्ट्रिक स्कुटका १० विशेषता

यस्ता छन् भारतमा लन्च हुने तयारीमा रहेको रेकर्ड ब्रेकिङ ओला इलेक्ट्रिक स्कुटका १० विशेषता

भारतमा राइड सेयरिङ कम्पनी ओलाले बजारमा उपलब्ध गराउने ओला इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...