किन आउन छोड्यो बाइकमा किक स्टार्ट सिस्टम ? यस्तो छ कारण

पहिलेको तुलनामा अहिले बाइक हाइटेक बन्दै गएको छ । हरेक वर्ष बाइकमा कुनै न कुनै नयाँ सिस्टम आउने गरेको छ । बाइकमा सेल्फ स्टार्ट र किक स्टार्ट सिस्टम दुबै जडान गरिएको हुन्छ । तर, कतिपय महँगो र प्रिमियम बाइकमा कम्पनीहरुले किक स्टार्ट राख्न बन्द गरेका छन् ।

बजाज पल्सर, केटीएम, यामाहाको आर१५ र रोयल इन्फिल्ड क्लासिकलगायत धेरै बाइकमा किक स्टार्ट राखिएको छैन । बाइकमा सेल्फ स्टार्ट खराब हुँदा किकले स्टार्ट गर्नु पथ्र्याे । यति हुँदाहुँदै पनि कम्पनीले बाइकमा किकस्टार्ट दिन बन्द गरिरहेका छन् । यद्यपि यो पूर्णतया प्राविधिक कुरा हो ।

यसअघिका बाइकमा सेल्फ स्टार्ट नहुँदा बाइकको स्टार्टदेखि इन्जिनमा इन्धन पु¥याउने काम पूर्णतया मेकानिकल्ली रूपमा हुन्छ । अर्थात् बाइकलाई किक स्टार्ट गर्दा स्पार्क र क्र्याम्पको मद्दतले इन्जिन स्टार्ट हुन्छ र प्रेसरको मद्दतले कार्बुरेटरमार्फत पेट्रोल इन्जिनमा पुग्छ । यसका साथै बाइकको लाइट र इन्डिकेटर पनि इन्जिनबाट निस्कने ऊर्जाबाट चल्ने गरेको छ ।

अहिले बाइकमा फ्युल इन्जेक्टर सिस्टम आउन थालेको छ, जसमा ट्यांकीबाट इन्जिनमा फ्युल पु¥याउनको लागि मोटर जडान गरिएको हुन्छ । यो मोटर ब्याट्रीबाट आउने लाइटबाट चल्छ । यस्तो अवस्थामा किक स्टार्ट गर्दा बाइक स्टार्ट हुँदैन ।

साथै पहिले बाइकको सेल्फ छिट्टै बिग्रिन्थ्यो, जसमा कम्पनीहरुले धेरै काम गरेर यो कमीलाई हटाएका छ् । जसका कारण धेरै महँगो बाइकमा किक स्टार्टको आवश्यकता हराउन थाल्यो । यी बाइकको ब्याट्री पनि बाइकको इनर्जी रिजेनेरेटिभ सिस्टम मार्फत आफैं चार्ज हुन्छ । त्यसैले ब्याट्री पनि कमै डाउन रहन्छ ।

सम्बन्धित समाचारहरू

विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर

विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको विराटनगरस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन...

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

के ह्यान्ड ब्रेक केवल पार्किङका लागि मात्र हो ?

के ह्यान्ड ब्रेक केवल पार्किङका लागि मात्र हो ?

कारमा ह्यान्ड ब्रेकको प्रयोग केवल पार्किङका लागि मात्र हुने सोच धेरै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...