नेपालमा सडक दुर्घटना रोकथामका लागि ‘सेफट्रिप नेपाल’ को शुभारम्भ

काठमाडौं – नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी अनुसन्धान केन्द्र अन्तर्गत अनुसन्धान कार्यक्रमको बिहीबार काठमाडौंमा एक समारोहका बीच औपचारिक शुभारम्भ भएको छ । ‘नेपालमा सडक दुर्घटनाको रोकथाम कार्यका लागि सहायक ‘सुरक्षित प्रणालीगत’ प्रयास (सेफट्रिप नेपाल)’ परियोजनालाई बेलायतको नेसनल इन्ष्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (NIHR) बाट अनुदान प्राप्त भएको हो ।

उक्त परियोजना बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टल (UWE Bristol) र नेपालको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड एवम् दुई गैरसरकारी संस्थाहरूः मातृशिशु अनुसन्धान क्रियाकलाप (मीरा) र सुरक्षित र दिगो यात्रा नेपाल (एसएसटीएन) सँगको साझेदारीमा संचालित सहकार्य हो । यो नोभेम्बर २०२२ देखि अक्टोबर २०२६ सम्म चल्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन समारोहका अतिथिहरुमा प्रतिनिधि सभा सदस्य एवम् नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीका संयोजक योगेश भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमको उपस्थिति थियो ।

उक्त समारोहमा सो अनुसन्धानको कार्यान्वयनको योजना रहेका ८ मध्ये कालिका र रत्ननगर नगरपालिकाका मेयरहरु प्नि अतिथिको रुपमा उपस्थित थिए ।

युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड ब्रिस्टलका प्रोफेसर एवम् सो नयाँ अनुसन्धानका निर्देशक प्रा. जुली मिटनले भनिन्, “सडक सुरक्षाको लागि ’सुरक्षित प्रणालीगत’ प्रयासले सम्बद्ध सबै संस्थाहरूलाई सडक प्रयोगकर्ताहरूलाई सुरक्षित गर्दै सडकमा मानिसहरूको त्रुटिले गर्दा हुनसक्ने चोटपटक र मृत्युको जोखिमलाई कम गर्ने वातावरण सिर्जना गर्न सँगसँगै काम गर्न प्रोत्साहित गर्दछ । ’सुरक्षित प्रणालीगत’ प्रयासले नेपालजस्तो देशमा सडक सुरक्षामा वास्तविक सुधार गर्ने क्षमता राख्छ ।”

यसैगरी काठमाडौं मेडिकल कलेजका प्राध्यापक सुनिलकुमार जोशीले सो अनुसन्धान तीनवटा कार्य प्याकेजमार्फत गरिने बताए । उनले भने, “एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्न सक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्ने बारे अन्वेषण गर्नेछ ।”

अध्ययनका अपेक्षित परिणाहरू यस प्रकार रहेका छन्ः

  • नीतिहरू र अभ्यासहरू बीचको ’अन्तर’ पहिचान, र स्थानीय तह र प्रादेशिक सरकारको लागि तयार पारिएको सडक सुरक्षा ‘टुलकिट’,
  • सुरक्षित बस यात्राको लागि अनुकूल नीतिगत सिफारिसहरू,
  • सडक दुर्घटनाका कारणबाट घाइतेको परिवारहरूमा पर्ने आर्थिक भारको अनुमान, र
  • एम्बुलेन्सका कर्मचारीबाट सडक दुर्घटनाका घाइतेलाई अस्पतालको सेवाका लागि हस्तान्तरण गर्ने हेरचाहको मानक मार्गचित्र ।

नेपालले सामना गरिरहेको सडक सुरक्षा चुनौतीको वर्णन गर्दै प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो नयाँ कार्यक्रमको विकास गर्न गरिएका अनुसन्धानको सराहना गरे । उनले सडक सुरक्षा अनुसन्धानको महत्वलाई पुष्टि गर्दै यस किसिमका अनुसन्धानका नतिजा नेपाल सरकारलाई पनि जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य एवम् नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीका संयोजक योगेश भट्टराईले सडक सुरक्षा र सुक्षित आवागमन साझा एजेण्डा भएकोले यसको प्रवद्र्धनका लागि पक्षपोषण र सहकार्यका साथै अनुसन्धानात्मक क्रियाकलापहरु अत्यावश्यक भएको र संयुक्त राष्ट्र संघले अघि सारेको सडक सुरक्षाका लागि दशकको विश्वव्यापी कार्ययोजना सफल कार्यान्वयनका लागि उपस्थित सबैको प्रतिवद्धताका लागि आह्वान गरे ।

सम्बन्धित समाचारहरू

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

चार नेपाली महिला राइडरद्वारा लोमान्थाङ सम्मको यात्रा सम्पन्न

काठमाडौं – चार जना महिला राइडरहरुको समूहले पोखरा देखि लोमान्थाङ सम्मको...

राजन पिया बने बागमती अटोमोबाइल्स एसोसिएसनको अध्यक्ष, भोलि चितवन महिला मोटर -याली हुने

राजन पिया बने बागमती अटोमोबाइल्स एसोसिएसनको अध्यक्ष, भोलि चितवन महिला मोटर -याली हुने

चितवन – मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, मोटरसाइक्लिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...