आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ

काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको समाचारहरु आइरहेको र ती सामाचार झुटो भएको बताएको छ । यात्री मोटरसाइकलको फेसबुकमा एक पोष्ट लेख्दै कम्पनीले सो जानकारी दिएको हो ।

‘यात्री मोटरसाइकलका संस्थापक विदेश गएको र नेपालमै विश्वस्तरीय प्रोडक्ट विकास गर्ने भिजन त्यागेको भ्रामक समाचार हामीले देखेका छौं’, सूचनामा भनिएको छ, ‘यो सत्य होइन् । यात्री मोटरसाइकल आफ्नो भिजनमा प्रतिबद्ध छ ।’

आफुहरूले सुरूवातदेखि नै चुनौती सामना गरेपनि अगाडि बढिरहेको र बढिरहने कम्पनीको भनाइ छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधन, २०७४) को दफा ११ को १ को १० मा नयाँ सवारी दर्ता एवं प्रक्रिया सम्बन्धी व्यवस्था गरिएको छ। उक्त दफाको उपदफा २ मा सवारी दर्ताका लागि भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल अनिवार्य गरिएको छ।

व्यवस्थामा भनिएको छ, ‘सवारी दर्ताको प्रमाणपत्रका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद (सक्कल प्रज्ञापनपत्र कार्यालयमा नै रहनेछ) अनिवार्य बुझाउनुपर्ने छ।’ यही बाध्यात्मक व्यवस्थाका कारण स्वदेशी उत्पादनले दर्ताको प्रमाणपत्र पाउन सकेका छैनन्। स्वदेशी उत्पादनको प्रज्ञापनपत्र नहुने र भन्सारसमेत नतिर्ने हुँदा यसमा कानुनी जटिलता देखिएको र यात्रीले नम्बर प्लेट नै नपाएको अवस्था छ ।

यसले यात्रीलाई मात्र नभइ सबै नेपालमा उत्पादन हुने सवारीसाधनलाई बाधा पुर्याउने देखिन्छ। आगामी दिनमा नेपालमै उत्पादन गर्न लगानी गरिरहेकाहरुका लागि यो नराम्रो तितो सत्य बन्न सक्दैन भन्न सकिदैन।

नेपालको कानुनले स्वदेशमा बनेको सवारीसाधनलाई नम्बर प्लेट दिने परिकल्पना गरेको छैन् । तर पछिल्लो समय नेपालमै सवारीसाधन उत्पादन हुन थालेका छन् । यस्तो अवस्थामा स्वदेशी सवारीसाधनलाई नम्बर प्लेट नभएको आधारमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

यस्तो कानुनी प्रावधान हटाउनकै लागि ४ महिना अघि नै यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्नेगरी मस्यौदा बनाएर मन्त्रालय पठाइसकेको भएपनि हालसम्म कुनै निर्णय हुन नसकेको अवस्था छ।

सम्बन्धित समाचारहरू

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

अटोमोबाइल सेक्टरमा इलेक्ट्रिक कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...