७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको छ । सिंगल चार्जमा ७०० किलोमिटर रेन्ज दिने दावी गरिएको सो कारले टेस्ला मोडल ३ संग प्रतिस्पर्धा गर्ने जनाइएको छ । आईडी ७ लाई कम्पनीले यसै वर्षको अन्तिममा यूरोपेली बजारमा बिक्री शुरु गर्ने योजना बनाएको छ ।

सो नयाँ कारलाई फक्सवागनले प्रो र प्रो एस गरी दुई वटा भेरिएन्टमा सार्वजनिक गरेको हो । जसमध्ये प्रोमा ८२ र प्रो एसमा ७७ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । कारको रेन्ज क्रमश ७०० र ६१५ किलोमिटर दावी गरिएको हो । यसले २०० किलोवाट र १७० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने सामाथ्र्य राख्छ ।

५ मीटर लम्वाई भएको आइडी ७ को ह्विल वेस ३ मिटर हाराहारी रहेको छ । जुन पासाट भन्दा केही ठूलो हो । सो नयाँ कारको इन्टेरियरमा १५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, हेड अप डिस्प्ले र फक्सवागनको एमआईवी सफ्टवेयर सहित अन्य प्रशस्तै फिचर पाउन सकिन्छ । यसमा पानारोमिक सनरुफ समेत दिइएको छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले निकट भबिष्यमा ल्याउने तयारी थालेको इलेक्ट्रिक...

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै...

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...