आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले आज महिन्द्रा एक्सयूभी ३०० लन्च गर्दैछ । पहिले देखि नै प्रतीक्षारत रहेको सो एसयूभी आज देखि नेपाली बजारमा बुकिङका लागि खुला हुनेछ ।

यो एसयूभीमा महिन्द्राले १.२ लिटर टीजीडीआई थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसको अधिकतम पावर १३० पीएस र टर्क २५० एनएमसम्म रहेको छ । टर्क वढाउन यसमा ‘ओभर वुस्ट’ फंक्सन दिइएको छ । यसको स्पीड पनि सेग्मेन्टकै उत्कृष्ट रहेको छ । ६ स्पिड म्यानुअल गियरवक्स जडान गरिएको यो एसयूभीले इन्जिन स्टार्ट गरेको ५ सेकेन्डमै ० देखि ६० किमि प्रतिघण्टाको गती पकड्न सक्छ ।

एक्सयूभी ३०० फेसलिफ्ट सिंगल टोन र ड्युअल टोन कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा तीनवटा भिन्न कलर सहितको ड्युअल टोन दिइएको छ । विभिन्न भागमा क्रोम प्रयोग गरिएको कारण यो एसयूभीलाई थप स्पोर्टी र आकर्षक देख्न सकिन्छ ।

यसमा १७.७८ सेन्टिमिटरको इन्फोटेन्मेन्ट, एन्ड्रोइड एन्ड एप्पल कार प्ले कनेक्टिभिटी, माइक्रो हाइव्रिड टेक्नोलोजी, ड्यूल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, अटो हेडल्याम्प, एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, एडप्टिभ हेडल्याम्प सहितको रियर पार्किङ क्यामेरा, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।

ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाको लागि थुप्रै आधुनिक फिचर दिइएको छ । यसको चारवटै चक्कामा डिस्क व्रेक दिइएको छ भने फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरव्याग, हिलस्टार्ट एसिस्ट सहितको इपिएस, एविएस, आइएसओफिक्स सीट र क्रनर व्रेकिङ कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ । डव्लू६, डव्लू८ र डव्लू८(अप्सनल) गरी कुल तीन भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य ४३ लाख देखी ६० लाखसम्म कायम हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले अत्याधुनिक फिचर सहितको इलेक्ट्रिक कुपे एक्सयूभी९०० ल्याउँदै

महिन्द्राले अत्याधुनिक फिचर सहितको इलेक्ट्रिक कुपे एक्सयूभी९०० ल्याउँदै

महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी९०० पेश गर्ने भएको छ ।...

लन्च भयो महिन्द्रा स्कोर्पियो क्लासिक, यस्ता छन् फिचर

लन्च भयो महिन्द्रा स्कोर्पियो क्लासिक, यस्ता छन् फिचर

महिन्द्राले स्कोर्पियो क्लासिक लन्च गरेको छ । स्कोर्पियो क्लासिक २...

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...