भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
काठमाडौं– वुलिङ एयर इभीलाई नेपाल भित्राएर कारोवार शुरु गरेको इभी नेपाल मोटर्सले अर्को नयाँ एमपिभी नेपाल ल्याउने भएको छ । १.५ लिटर टर्वो पेट्रोल इन्जिन जडित वुलिङ कोर्टेजलाई कम्पनीले नेपाल ल्याउन लागेको हो । यो नयाँ एमपीभीको अहिले प्री–वुकिङ खुल्ला गरिएको छ ।
कोर्टेजमा १.५ लिटर, फोर सीलिन्डर, टर्वोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिएको छ । सो इन्जिनले १४२ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको यो एमपीभीमा सीभीटी ट्रान्समिन जडान गरिएको छ । यसलाई १८२ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।
यसको इन्टेरियरमा प्रिमियम सेमी–लेदर क्याप्टेन सीट, मल्टी इन्स्ट्रयूमेन्ट डीस्प्ले, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, सीक्स स्पिकर साउन्ड सिस्टम, अटो एसी र किलेस इन्ट्रि लगायत फिचर पाउन सकिन्छ ।
यसैगरी सेफ्टि फिचरमा एविएस, ईवीडी, ईएससी, टिसीएस, टिपिएसमस, रियर पार्किङ क्यामेरा, आइएसोफिक्स, इलेक्ट्रिक पार्किङ व्रेक, चारवटै चक्कामा डिस्क व्रेक, हिल होेल्ड कन्ट्रोल र इमर्जेन्सी स्टप सिग्नल लगायत दिइएको छ ।
यो नयाँ एमपिभी दुई वटा भेरिएन्टमा नेपाल आउन लागेको हो । कम्पनीले यसको मूल्य सार्वजनिक नगरेपनि अनुमानित ४५ देखी ६० लाखको विचमा यो एमपीभी नेपाल आउने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...