करिव २ अर्ब रुपैयाँमा बिक्री भयो विश्वको सबैभन्दा महँगो नम्बर प्लेट

दुबईमा पी७ नामको एउटा कारको नम्बर ५ करोड ५ लाख दिरहाममा लिलामी भएको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा समावेश गरिएको छ । तर, यसको खरिदकर्ताको पहिचान भने खुलाइएको छैन ।

मोस्ट नोबल नम्बर्स नामको यो लिलामी यहाँ हरेक वर्ष आयोजना गरिन्छ । यसमा विश्वभर भोकमरी हटाउन कोष जुटाइन्छ । यसका संस्थापक युएईका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतौम हुन् ।

यसअघि २००८ मा पी१ नम्बर प्लेट ५ करोड २२ लाख दिरहाम एक अर्ब ९५ करोड ३३ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी भएको थियो । सो नम्बर प्लेट दुबईका व्यापारी सईद अब्दुल गफ्फार खौरीले खरिद गरेका थिए ।

सो कार्यक्रममा अन्य धेरै नम्बर र फोन नम्बरहरू पनि लिलामी गरियो । यसमा विशेषगरी २ अंकका नम्बर एए१९, एए२२, एए८०, ०७१, एक्स३६, डब्ल्यु७८, एच३१, जेड३७, व५७, क्यु२२२२२ र वाई६६६६ नम्बर समावेश छन् । उक्त समारोहमा एए१९ ४९ लाख दिरहाम, ०७१ १५ करोड र क्यु२२२२२ नम्बर ९ लाख ७५ हजार दिरहाममा बिक्री गरेको थियो ।

जहाँ डीयू कम्पनीको प्लेटिनम मोबाइल नम्बर (९७१५८३३३३३३३) करिब ४ करोड ४६ लाखमा बिक्री भएको थियो । मिडिया रिपोर्टका अनुसार लिलामीबाट करिब १० करोड दिरहाम उठाइएको थियो, जुन रमजानको समयमा मानिसलाई खाना उपलब्ध गराउन प्रयोग गरिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...